arrow

अस्ट्रेलियन नेताद्धारा बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह [भिडियो सन्देशसहित] 

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
MP_Christine_Couzens.jpg

मेलबर्न । अस्ट्रेलियाकी पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको बुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जानका लागि अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् ।

लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा सांसद जोआनसंग गरेको भेटघाटको क्रममा उन्ले भिडियो सन्देश मार्फत अस्ट्रेलियनहरुलाई उक्त आग्रह गरेकी हुन् । 

नेपालमा विनाशकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले अस्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिराखेकोले नेपालमा पनि उक्त दुःखद घटनाको बेलामा स्कूलहरुको पुनर्निर्माणमा सहयोग पुर्याएर लामो समय स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको कुरा आफ्नो मन्तब्य दिने क्रममा सांसद जोआनले स्मरण गरिन् । 

मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा बुद्ध र सगरमाथाको देश नेपाल गई त्यहाँको पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्न सकिने र यसबाट द्धिपक्षीय मैत्री र साझेदारी मजबुतिकारण गर्न सकिने बताइन् । 

यसअघि मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा विश्व संयोजक श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबमध्येकै एक महोत्सब पाको फेस्टा आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए । जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि उक्त भेटघाटमा सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ