arrow

गगनले ल्याउदै काँग्रेसका ऐतिहासिक दस्तावेज

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
Gagan-Book.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली काँग्रेसका ऐतिहासिक दस्तावेजहरुको पुस्तक तयार परेका छन् । पुस्तक एक हजार भन्दा बढी पृष्ठको रहेको छ । पार्टीको स्थापनाकाल देखिका विभिन्न ऐतिहासिक र दुर्लभ दस्तावेजहरु पुस्तकमा रहेको थापाले जानकारी दिए । 
 
पुस्तकका लागि थापालाई प्रताप पौडेल, शंकर तिवारी र कृष्ण रिजालले दस्तावेजहरुको संकलन तथा सम्पादनमा सहयोग गरेका छन् । लामो समय र धेरै मेहनत लगायर तयार पारिएको पुस्तक काँग्रेसका बारेमा जान्न चाहने जोसुकैलाई पनि उपयोगी हुने रिजालले बताए । 
 
पुस्तकको फागुन २१ गते एक विशेष कार्यक्रमकाबीच प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।  
 
फागुन १९ गते गर्ने तय भएको कार्कय्रम उमेद्वारी घोषणा कार्यक्रम पनि परेका कारण २१ गतेलाई सारिएको पुस्तकका सहलेखक शंकर तिवारीले जनाएका छन्। गगन थापाले पार्टी महामन्त्री कृष्ण सिटौलासँग मिलेर १९ गते दिनको ३ वजे अनुपम फुडल्याण्ड वत्तिसपुतलीमा उमेद्वारी घोषणा गर्दैछन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ