- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुनसरी । धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेल मंगलबार (आज) नेपाल पुलिस क्लव र भारत कालिङ्पोङको शेरे क्लबबीच हुँदैछ । यी दुईबीचको भिडन्तपछी प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा हुनेछ ।
सोमबार भएको पोखरा–११ विरुद्ध संघर्षपूर्ण जित निकाल्दै सशस्त्र प्रहरीको एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा एपीएफ ५्–४ ले विजयी भएको हो । सेमिफाइनलमा एपीएफको भिडन्त मनाङ मस्र्याङदी क्लवसँग हुनेछ ।