arrow

अर्जुन नरसिंह केसीद्वारा महामन्त्रीमा उम्मेद्वारीको घोषणा

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
arjun-narsingh.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको १३औ महाधिवेशनमा आफ्नो उम्मेद्वारी महामन्त्री पदकालागि हुने घोषणा गरकेा छन्। रिपोर्टर्स क्लबमा बोल्दै केसीले आफ्नो उम्मेद्वारीले सिमित घेरालाई तोडी पार्टीलाई बृहत रुपमा अघि बढाउने विश्वास ब्यक्त गरेका छन्। 
 
नेपाली काँग्रेसको १३औ महाधिवेशनमा बरिष्ठ नेता शेर बहादुर देउवा प्यानलबाट उम्मेद्वारी घोषणा गरेका केसीले गुट-उपगुटको संस्कार तोड्न पर्ने पनि उक्त कार्यक्रममा जिकिर गरेका छन्। देउवा प्यानलको आधिकारिक घोषणा भोलि मंगलवार हुने भए पनि केसीले आफ्नो घोषणा आजै गरेका छन्। 
 
आफुले जिते पार्टीलाई नितीमुखी बनाउने उनले बताए त्यसैगरि अहिलेसम्म पार्टी दातामुखी र आफुखुशी चलेकोमा अब पार्टीलाई संस्थागत गर्ने कुरामा पनि केसीले जोड दिएका छन्। गणतन्त्रकालागि भएको आन्दोलनमा आफुले संयोजकको भुमिका निभाइको संसमरण गर्दै अब सबै विविधताका बिच बाद‍प्रतिवादलाई चिर्दै पार्टी अघि बढ्ने पनि उनले विश्वास ब्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ