arrow

शाहरुखको नयाँ फिल्म 'फ्यान' को ट्रेलर सार्वजनिक (भिडियो)

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
fan-movie.jpg.jpeg
एजेन्सी । बलिउडका बादशाह अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘फ्यान’को ट्रेलर सार्वजनिक भएको छ  । फिल्मको टीजर पहिल्यै  रिलीज भएको थियो ।  फिल्ममा शाहरुख खान गौरव नामको एक फ्यानको भूमिकामा देखिएका छन् । गौरव, आर्यन खन्नाको खास फ्यान हुन्  जो आर्यनको लागि जे पनि गर्न सक्छन् । यस चलचित्रमा साहरुखले दोहोरो भुमिका निर्वाह गरेका छन् ।  शाहरुख खान फिल्ममा आर्यन खन्ना नामको सुपरस्टारको भूमिकामा पनि रहेका छन् । गौरवको र आर्यन खन्नाको अनुहार एक अर्का सँग  मिल्दछ । 
 
 गौरव जति ज्यादा आर्यन खन्ना प्रति पागल छ त्यतीनै  समस्यामा पर्ने गर्दछ ।  गौरवको पागलपन आर्यनले नबुझदा घृणामा बदलिन्छ । फिल्मको ट्रेलर हेरेर तपाई  शाहरुखको फिल्म ‘डर’समझनुहुनेछ ।  डरमा शाहरुखको जुन पागलपन उनको अनुहारमा देखिन्थियो त्यस्तै पागलपन  गौरवको अनुहारमा देख्नुहुनेछ । यसराज ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन मनिष शर्माले गरेका हुन् । चलचित्रका निर्माता आदित्य चोपड़ा हुन् ।  फिल्म १५ अप्रिल २०१६ मा रिलीज हुदैछ । हेरौ फिल्मको ट्रेलर
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ