arrow

प्रहरी इन्सपेक्टर पाण्डेको  ‘बिते कति रात....’ 

logo
सीता डोटेल
प्रकाशित २०७५ मंसिर २६ बुधबार
geet-award-epic.jpg

काठमाडौं । एपिक नेपालले एक समारोहका बीच “एपिक नेपाल म्युजिक अवार्ड २०७५ अन्तर्गत नेपाली सांगितिक क्षेत्रका विविध ६६ वटा विधामा नोमिनेशनमा परेका गीतका श्रष्टालाई अवार्ड वितरण गरेको छ । हरेक बिधाबाट उत्कृष्ट ५–५ गीतका सांगितिक श्रष्टालाई प्रमाण पत्र वितरण गरेको एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठले बताए ।

बागवजार स्थित होटेल हार्दिकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व स्वास्थ्यमन्त्री गगन थापाले एक समारोहका बीच झण्डै ३ सय ३० जनालाई प्रमाणपत्र वितरण गरे ।

प्रमाणपत्र बितरण गर्दै सांसद थापाले नेपाली गीतसंगित नेपालको गहना भएको बताए । उत्कृष्ट ठहरिएका गीतसंगित अवार्डमा चुनिनु आफैंमा सफलता हो उनले भने–नेपालीपनका गीतसंगितलाई सबैले माया गर्ने लायकको बनाउनुपर्दछ ।  
 
एपिक नेपालले नेपाली सांगितिक क्षेत्रका विविध विधाहरु मध्ये लोकगीत, आधुनिक गीत, दशैं तिहार लगायतका चाड पर्व विशेषका गीतका रचनाकार,संगितकार, स्वर, मोडल सहित नव प्रतिभा विधा लगायत बिभिन्न ६६ वटा विधाहरुमा मनोनयनमा परेका करिब गीतका श्रष्टालाई प्रमाणपत्र वितरण गरेको हो ।

यसैबीच एपिक नेपाल म्युजिक अवार्र्डको नोमिनेशनमा नेपाल प्रहरीका इन्सपेक्टर भोजराज पाण्डेले रचना गरेको गीतको शब्द र संगित दुबै बिधामा नोमिनेशनमा पर्न सफल भएको छ । विगत २४ बर्षदेखि नेपाल प्रहरी संगठनलाई कर्मथलो बनाई सफल प्रहरी निरीक्षकको रुपमा कार्यरत इन्सपेक्टर पाण्डेको शब्द रहेको गीत ‘‘बिते कति रात....’’ उत्कृष्ट शब्द र संगिततर्फ बिधामा नोमिनशनमा परेको हो । 

बजारमा मन पराईएको म्युजिक भिडियो बिते कति रात बिशेष गरि आफ्नो मान्छे बिना गुजार्न बाध्य रातको अनुभुतिलाई रचनाकारले प्रस्तुत गरेका छन् । 
गुल्मी जिल्लाको तम्घासमा जन्मिएका गीतकार भोजराज पाण्डेको आधुनिक गीत लेखनको  प्रयास “बिते कति रात” ले पहिलो प्रयासमै उत्कृष्ट नव आधुनिक गीत शब्द तर्फ उत्कृष्ट शब्द रचनाकार र उत्कृष्ट संगितमा सोही गितका संगितकार सर्जक नविन श्रेष्ठ नोमिनेशनमा पर्न सफल भएका हुन् । यस गीत नेपाली सांगितिक क्षेत्रकी अहिलेकी चर्चित गायिका मेलिना राईको आवाजमा छ । 

नेपाल प्रहरी जस्तो २४ घण्टा कार्यक्षेत्रमा तल्लीन रहनु पर्ने र जनताको सेवामा हरपल व्यस्त रहनु पर्ने जागिरे जीवनका बीच सङ्कलित गीतले उत्कृष्ट नोमिनेशनमा परेसँगै गीत संगित क्षेत्रले सर्जकको सम्मानमा गर्ने यस्ता कार्यले जीवनमा हौसला मिल्ने पाण्डेले प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ