arrow

मधुमासमा रमाउँदै प्रियंका र निक

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
priyanka-nick.JPG

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको मधुमासको तस्बिर समाजिक सञ्जालमा बाहिरिएको छ । प्रियंका श्रीमान् निकसँग हनिमून मनाइ रहेकी छन् । दुवै ओमानमा हनिमून मनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  प्रियंकाले आफ्नो इन्स्टाग्राममा तस्बिर शेयर गरेकी छन् । सो तस्बिरमा समुन्द्र किनारमा दुवैको नाम लेखिएको छ । त्यस्तै निकले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् जसमा दुवै जना चलचित्र हेरि रहेका छन् ।

प्रियंका हनिमूनबाट फर्किएपछि आफ्नो चलचित्र 'द स्काई इज पिंक' को सुटिङ पुरा गर्न अहमदाबाद जाने बताइएको छ । यस बाहेक उनिसँग अन्य कयौ प्रोजेक्ट पनि रहेका छन् । चलचित्रको सुटिङ पुरा गरेपछि उनि पुन: श्रीमान्‌सँग २७ डिसेम्बरमा हनिमूनको लागि जानेछिन् । उनि जनवरीको पहिलो हप्ता भारत फर्कनेछिन् । चलचित्रको सुटिङ सुरु गर्नु भन्दा पहिले उनले बलिउड कलाकारको लागि मुम्बईमा  ग्राण्ड रिसेप्शन पार्टी दिने छिन् ।

यसअघि दिल्लीको ताज प्यालेसमा  प्रियंका र निकले आफ्नो विवाहको पहिलो पार्टी आयोजना गरेका थिए । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी थिए । निक र प्रियंकाका परिवारका अलावा यो कार्यक्रममा धेरै सेलिब्रेटीहरु पनि यो कार्यक्रममा सहभागी भएका थिए ।

प्रियंका चोपडाले दुई रीतिरिवाजअनुसार विवाह गरेकी थिइन् । उनले पहिलोपटक विवाह क्रिस्चियन परम्पराअनुसार गरेकी थिइन् भने दोस्रोपटक हिन्दूपरम्पराअनुसार विवाह गरेकी हुन् । उनको विवाहमा मुकेश अम्बानी आफ्नो पूरै परिवारको साथमा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ