arrow

यी बलिउड सुपरहिट चलचित्र, जसलाई ऐश्वर्याले त्यागेकी थिइन्

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
aishwarya_gfFMGw0.jpg

काठमाडौं ।  बलिउड अभिनेत्री  ऐश्वर्या राय बच्चनको आज ४५औ जन्मदिन हो । ऐश्वर्या सन् १९७३ नेभेम्बर १ मा भारतको कर्नाटकामा जन्मिएकी हुन् । 

सन् १९९४ मा मिस वर्ल्डको उपाधि जेतेकी ऐश्वर्याले ताल, हम दिल दे चुके सनम, धूम २, देवदास, रोबोट र गुरू जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी छन् । तर ऐश्वर्या कयौ  सुपरहिट चलचित्रमा अभिनय गर्न भने अस्वीकार गरेकी थिइन् । हेरौ उनले अस्वीकार गरेका सुपरहिट चलचित्र ।  

राजा हिन्दुस्तानी
सन् १९९६ मा रिलिज भएको चलचित्र राजा हिन्दुस्तानीमा अभिनयको लागि करिश्मा कपूरभन्दा पहिले ऐश्वर्या रायलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्वीकार गरिन् । पछि निर्देशक धर्मेश दर्शनले आमिर खानको जोडिको रुपमा करिश्मा कपूरलाई चलचित्रमा ल्याए । चलचित्र सुपरहिट भयो ।

कुछ कुछ होता है
सन् १९९९८ मा सार्वजनीक भएको चलचित्र  कुछ कुछ होतामा करण जौहरले टीनाको भुमिकामा ऐश्वर्यालाई अफर गरेका थिए । तर उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाइनन् । चलचित्रमा टिनाको भुमिका रानी मुखर्जीले गरिन् । चलचित्र सुपरहिट हिट साबित भयो।

मुन्नाभाई एमबीबीएस
  आफ्नो फिल्मि करियरमा ऐश्वर्या चर्चीत निर्माता तथा निर्देशक राज कुमार हिरानीसँग पनि काम गर्न चुकेकी छन् । उनलाई मुन्नाभाई एमबीबीएस अफर गरिएको थियो । उनलाई चलचित्रमा शाहरुख खान मुन्नाभाई एमबीबीएसको मुख्य भुमिकामा रहने समय अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न मानिन् ।  पछि चलचित्रमा संजय दत्तलाई मुख्य भुमिकामा लिइयो । साथै संजय दत्तको अपोजिटमा ग्रेसी सिंहलाई खेलाइयो । चलचित्र हिट रह्यो ।

वीर जारा
निर्देशक यश चोपडाको चलचित्र वीर जारामा ऐश्वर्यालाई प्रिटी जिन्टाको रोल अफर गरिएको थियो । तर उनले सो चलचित्रमा पनि अभिनय गरिनन् । चलचित्र हिट भयो साथै प्रीतिले चलचित्रका लागि निकै तारीफ पाइन् ।

भूल भुलैया
भूल भुलैयामा विद्या बालनले मन्जोलिकाको भुमिकामा जबरदस्त अभिनय गरेकि छन् । यो चलचित्र पनि ऐश्वर्याले अभिनय गर्न अस्वीकार गरेकी थिइन् ।

नमस्ते लण्डन
विपुल शाहको चलचित्र नमस्ते लण्डन  हिट भयो । चलचित्रमा ऐश्वर्यालाई कट्रिना कैफको भुमिकामा अभिनय गर्न भनिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाइनन् ।

दोस्ताना
ऐश्वर्यालाई चलचित्र दोस्तानामा लीड रोलको अफर गरिएको थियो । तर उनले सो रोल नगर्ने बताइन् । पछि चलचित्रमा प्रियंका चोपडा देसी गर्ल बनेर चर्चीत भइन् ।

चलते चलते
चलते चलतेमा पहिले रानी मुखर्जीको ठाँउमा ऐश्वर्या राय थिइन् । तर सो समयका प्रेमि सलमान खानले चलचित्र सेटमा हंगामा गरेपछि उनले चलचित्र छोड्नु परेको थियो ।

कृष
ऐश्वर्यालाई कृषमा पनि अफर गरिएको थियो । तर उनले चलचित्र नगर्ने भनेपछि प्रियंका चोपडाले अभिनय गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ