- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको ५ राज्यमा भाजपाको पराजयले सामाजिक सञ्जालमा तरङ उत्पन्न भएको छ । सोचे जस्तो परिणाम नदेखिएपछि भाजपाका नेताहरु हताश भएका छन् । साथै पार्टीका समर्थकले पनि दु:ख व्यक्त गर्न थालेका छन् ।
हिजो सम्म भाजपाको पक्षमा सामाजिक सञ्जालमा राहुल गान्धी र कांग्रेसको बिषयलाई बनाइन्थ्यो । भने अहिले कांग्रेसको पक्षमा सामाजिक सञ्जाल देखिएको छ । सामाजिक सञ्जालमा भाजपाको मीम्स बनाइन थालिएको छ । साथै सो देखेर कांग्रेसका समर्थक मज्जाले हासी रहेका छन् ।
यसै सन्दर्भमा सामाजिक सञ्जालमा एउटा बालकको भिडियो भाइरल भइरहेको छ । जो टिभिमा चुनावको नतिजा हेरिरहेका छन् । उनि भाजपाको हारमा निकै दुखी देखिन्छन् । रुदै गरेको बच्चा भन्छन् - मोदीले हारे अब देश बदनाम हुँदैछ ।