arrow

प्रदेश ५ को हिउँदे अधिवेशन शुरु, भए महत्वपूर्ण निर्णय

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ मंसिर २६ बुधबार
pradesh-5-meeting.jpg

बुटवल । प्रदेश–५ को प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश ५ राजधानी बुटवलमा बुधबारदेखि शुरु भएको छ । दोस्रो अधिवेशन सकिएको करीब चार महीनापछि हिउँदे अधिवेशन शुरु भएको हो ।

कानून निर्माणमा केन्द्रित हुने यो अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक यसअघि नै स्वीकृत गरिसकेको छ भने दुईओटा विधेयक प्रदेश सभामा दर्ता गरेको छ ।

बुधबारको बैठकमा प्रदेश–५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश–५ मा संघसस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने कार्यसूची रहेको छ ।

त्यस्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन गरेको तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्बन्धमा पनि सभामुखले प्रदेशसभालाई जानकारी गराउने छन् ।

केही सांसदहरूले समितिको म्याद सकिसकेकाले संयोजक तोक्नुको अर्थ नरहने प्रतिक्रिया समेत दिएका छन् ।

प्रदेश सभाले अझै प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न सकेको छैन । आजको संसदमा नेकपाका सचेतक भुमिश्वर ढकाल, कांग्रेस सभासद डिल्ली चौधरी, संघिय समाजबादी फोरमका सांसद सन्तोष पाण्डे लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ