arrow

गुगल प्लसको सेवा अप्रिलमा बन्द हुँदै, ५ करोड प्रयोगकर्ताको डाटा असुरक्षित

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
googleplus.png

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलको सामाजिक सञ्जाल सेवा आगामी अप्रिलमा बन्द हुने भएको छ । सिस्टममा आएको गडबढीका कारण देखाउँदै आगामी अप्रिलमा यो सेवा बन्द गर्न लागिएको गुगलले जनाएको छ । 

यो सेवा बन्द हुँदा आफ्ना ५.२ करोड प्रयोगकर्ताहरु प्रभावित हुने बताईएको छ । गुगलले यो सेवा बन्द गर्नुको कारण आन्तरिक सिस्टममा आएको गडबडीलाई जनाएको छ । यसले ५.२ करोड प्रयोगकर्ताहरुको व्यक्तिगत डाटाहरु प्रभावितमात्रै नभएर उनीहरुको डाटा असुरक्षित समेत रहेको बताएको छ । गुगलले यो सेवा आगामी अगष्टमा सटडाउन गर्ने बताएको थियो । तर, सिस्टममा गडबढी आएकोले अप्रिलमा नै बन्द गर्न लागिएको गुगलले जनाएको छ । 

यही अक्टोबर महिनामा गुगलले गुगल प्लसको सफ्टवेयरमा भाइरसको संक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । यसैको कारण यसको एपीआईमा समस्या आएको गुगलले जनाएको छ । यही वर्षको मार्च महिनामा पनि यही संक्रमणले ५० हजार प्रयोगकर्ताको डाटा प्रभावित भएको थियो । मार्चमा गुगलले ढिला यस्तो रिपोर्ट दिएको थियो । मार्चमा आएको सो समस्या पछि नै यो सामाजिक सञ्जाल सेवा बन्द गर्ने घोषणा गरेको थियो । 

यो संक्रमणको विषयमा गुगलले एक साता भित्रै जानकारी पाईसकेको थियो । तर, गुगलले ढिला गरी यसको बारेमा जानकारी दिएको हो । गुगलले यसमा कुनैपनि थर्ड पार्टीको आक्रमण नभएको बताएको छ । तर, यो थर्ड पार्टीको आक्रमणबाट नै भएको आरोप अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । गुगलको ऐप डेवलपर्स ९जोसँग यूजर्सको डाटाको जानकारी लिने अधिकार थियो० ले ६ दिनको लागि प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको बतार्इएको छ । 

गुगलले आफूहरुको चातुर्यताका कारण प्रयोगकर्ताहरुको व्यक्तिगत डाटा डेपलपर्ससँग भएपनि ती प्रयोगकर्ताहरुको अन्य गोप्य जानकारी र उनीहरुको राष्ट्रिय परिचय नम्बर जस्ता विषयबारे भने डेभलपर्सले केही डाटा लैजान नसकेको दाबी गुगलको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ