arrow

ठुलो स्वरमा मस्तिष्कले छिटै प्रतिक्रिया दिन्छ : शोध

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
addiction-is-not-a-disease.png

काठमाडौं । यदि कसैले ठुलो स्वरमा धम्की दियो भने मानिसको दिमागले निकै छिटो त्यसको प्रतिक्रिया दिने एक अनुसन्धानले देखाएको छ । स्विट्जरल्याण्डको जेनेभा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानमा यस्तो पाइएको हो ।
 
अनुसन्धानको क्रममा मानिसको आसपासमा घट्ने फरक–फरक आवाजमा मानिसको दिमागले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुराको अध्ययन गरिएको थियो । साथै सम्भावित खतराबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि कुरा भएको थियो । शोधकर्ताहरुले मानिसको आवाजको २२ नमुनाहरु ६०० मिलिसेकेण्डको नमुनाहरु लिएका थिए । उक्त नमुनाहरु एक समुहलाई सुनाइएको थियो र उनीहरुको दिमागको गतिविधिहरु रेकर्ड गरिएको थियो ।

अध्ययनको विवरणमा उल्लेख गरिएअनुसार मानिसको दिमागले कुनै ध्वनि सुनेपछि त्यसको प्रतिक्रिया दिन २०० मिलिसेकेण्डदेखि सुरु हुन्छ । यद्यपि जब मानिसले रिसाएको स्वर सुन्छ तब दिमागले तत्कालै त्यसको प्रतिक्रिया दिन सुरु गर्छ र यो लामो समयसम्म जारी रहन्छ । मानिस खुसी हुँदाको अवस्थामा भने यस्तो हुँदैन ।

कुनै पनि कुरा देख्नुभन्दा सुन्नमा धेरै शक्ति रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । मानिसले कुनै पनि कुरा एकैतर्फमात्र देख्न सक्छ भने सुन्ने क्षमता ३६० डिग्रीमा हुन्छ । जसको कारण फरक फरक परिस्थितिमा मानिसको कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ