arrow

जाडो मौसममा हात मुलायम राख्न अपनाउनुस् यी घरेलु उपाय

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
How-get-soft-hands.jpg

काठमाडौं । जाडो मौसममा हातको सुरक्षा गर्न निकै कठिन हुन्छ ।  चिसो हावा , ज्यादा काम र अपर्याप्त निन्द्रको कारण मुलायम हात पनि रूखो बन्ने गर्छ । यहाँ रूखो र फुटेको हातबाट सजीलै छुटकरा पाउने घरेली उपाय बताइएको छ ।

ओलिभको तेलमा फेटी एसिड र एन्टी ओक्सिडेन्ट हुन्छ जसले छालालाई मुलायम बनाउने काम गर्छ । राति सुत्नु भन्दा पहिले ओलिभको तेल हातमा लगाएर मालिस गर्नुहोस् । तपाईको फुटेको हात २-३ दिनमै ठिक हुनेछ ।

एन्टीअक्सिडेन्ट्स र एन्टी-ब्याक्टीरियल गुण भएको महले पनि हातलाई मुलायम बनाउन सहयोगी हुन्छ । मह हातमा लगाएर राम्रोसँग मालिस गर्नुहोस् । त्यो सुकेपछि हात मन तातो पानिले धुनुहोस्। यसो गर्नाले पनि हात फुट्ने समस्याबाट जोगिन सकिन्छ ।

दुधको क्रिममा पर्याप्त मात्रामा लेक्टिक एसिड पाइन्छ , जुन मृत कोषबाट छुटकारा पाउन र पीएच ब्यालेन्स गर्नमा मद्दत गर्छ । हातलाई दुधको क्रिमले मालिस गर्नुहोस् र १५ मिनटका लागि छोड्नुहोस् । मनतातो पानिले हात धुनुहोस् ।  एक हप्ता यसरी हातमा क्रिम लगाएपछि त्यसको फाइदा तपाईले देख्नुहुनेछ ।

दहीमा पनि दुधको  क्रिममा पाइने  लेक्टिक एसिड पाइन्छ । घरमा यदि दुधको क्रिम उपलब्ध छैन भने दही पनि हातमा लगाउन सक्नु हुन्छ ।  दही नियमित हातमा लगाएर मालिस गर्नुहोस् । केहि समयपछि मनतातो पानिले हात धुनुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ