arrow

जरीन खानको कार दुर्घटना , एक युवकको मृत्यु

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
Zareen_Khan.jpg

काठमाडौं । बलिउड अभिनेत्री जरीन खानको कार गोवामा दुर्घटना भएको छ । जरीनको कार रोकेको अवस्थामा एक मोटरसाइकलमा सवार व्याक्तिले अचानक कारमा ठक्कर दिएको छ । ठक्करपछि उक्त व्यक्ति घायल भए ।  जरीन र उनको टोलीले घायल मोटरसाइकल चालकलाई तत्काल अस्पताल पुर्‍याए।

स्पटबोइको अनुसार मोटरसाइकलमा सवार युवकले हेलमेट लगाएका थिएनन् । उनको टाउकोमा गहरी चोट लागेको थियो । । सो घटना बिहिबार बिहान ६ बजेको हो । उनलाई तत्काल अस्पताल भर्ना गरिएपनि अस्पतालले युवकलाई मृत घोषित गर्यो ।

मोटरसाइकल चालकको नाम नितेश गोरल बताइएको छ । उनको उमेर ३१ वर्ष रहेको छ । सो घटनाको पुष्टि गर्दै  प्रहरी अधिकारी विशाल मान्जरेकरले भने 'चालक बिरुद्ध अन्जुना प्रहरी चौकीमा लापरवाहीसँग गाडि चलाएको मुद्दा दर्ता गरिएको छ ।'

 घटनाको जरिनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।  जरिन  यो भन्दा पहिले आफ्नो पूर्व म्यानेजर अन्जली आस्था बिरुद्ध एफआइआर दर्ता गरेकी छिन् । जरीन खानले म्यानेजर माथि दुर्व्यवहारको आरोप लगाएकी छन् । एफआइआर दर्ता भएसँगै घटनाको जाँच चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ