arrow

बलिउडका दिग्गज स्टारका अगाडि यसरी भयो अम्बानीको छोरीको विवाह

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
isha_anand_wedding.jpg

काठमाडौं। ईशा अम्बानी र आनन्द पीरामलको विवाह मुम्बईको  एन्टीलियामा सम्पन्न भएको छ। सो भव्य विवाह समारोहमा  व्यापारी , राजनीतिज्ञ र खेल जगतका कयौ दिग्गज व्यक्तिहरु सहभागी भए। ईशा अम्बानी र आनन्द पिरमल को विवाहमा बलिउडका स्टारको मेला नै लागेको थियो।  करीना कपूर, सैफ अली खान, अनिल कपूर, आलिया भट्ट , रणवीर सिंह दीपिका पादुकोण, प्रियंका चोपडा, निक जोनास लगायत बलिउडका  स्टार सो अवसरमा पुगेका थिए।

विवाहमा  ईशा अम्बानी र आनन्द पीरामल दुवै कलर कार्डिनेटेड आउटफिट लगाएका थिए। ईशाले गोल्डन कलरको लहंगा लगाएकी थिइन् साथै महंगो हिराको गहना लगाएकी थिइन्। त्यस्तै आनन्द पीरामल पनि गोल्डन कलरको शेरवानी लगाएका थिए। विवाहको बरमालाको समय  व्याग्राउडमा सीता-रामको मिलनको धुन लगातार बजि रहेको थियो। सो सुनेर मुकेश अम्बानी, नीता अम्बानी र अनिल अम्बानी मुस्कुराइ रहेका थिए।

ईशा-आनान्दको विवाह पुर्वको समारोहको भव्य रुपमा उदयपुरमा आयोजना गरिएको थियो। जसमा बलिउडका स्टार पुगेका थिए।  बिहिबारै मुम्बईमा  ईशा र आनान्दको विवाहको पुर्इ प्रक्रिया सम्पन्न गरिदैछ। जसको लागि अमिताभ बच्चन, जया बच्चन, श्वेता बच्चन, नव्या नवेली नन्दा, आमिर खान, किरण राव, विधु विनोद चोपडा, अनुपमा चोपडा र उनको छोरी लगायत कयौ कलाकार अम्बानी हाउस, एन्टिला पुगेका छन्।

विवाहमा मुकेश अम्बानीको घरमा देश विदेशका चर्चीत व्यक्तिहरु पुगेका छन्। विवाहमा बच्चन परिवार देखि लिएर कपूर खानदानका सबै  प्रतिनिधि पुगेका छन्। यसका साथै हिलेरी क्लिन्टन पनि दुवैलाई बधाइ दिन पुगेकी थिइन्। गृहमन्त्री राजनाथ सिंह, ममता बनर्जी, पी चिदंबरम, मेनका गान्धी, शरद पवार र रजनीकांत जस्ता राजनीतिज्ञ पनि विवाहमा पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ