arrow

यस्तो विलासी जेल सुन्दा जो कोहीलाई जाग्छ कैदी बन्ने इच्छा

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
jail-palace.JPG

काठमाडौं । मानिसहरुको मनमा जेलको नाम सुन्नेबित्तकै एक कालकोठरीको याद आउँछ । जेलको नाम लिँदा मानिसहरुले अँध्यारो कोठाहरु भएको स्थान र बस्नको लागि निकै असजिलो हुने ठाउँको परिकल्पना धेरै मानिसहरुले गर्ने गरेका छन् ।
 
यद्यपि सबै स्थानको जेल एकै किसिमको हुँदैन । संसारमा यस्तो विलासी जेल पनि छन्, जसको वर्णन सुन्दा मानिसहरुलाई कैदी बन्न इच्छा जाग्छ । अष्ट्रियाको जस्टिस सेन्टर लियोबेन एक जेल हो, यो जेल विश्वभर आफ्नो भव्यताको प्रसिद्ध छ । जेलभित्र भेटिने सबैजसो सुविधाहरु जो कोहीको पनि मन लोभ्याउने किसिमको रहेको छ ।

सो जेलमा २०५ कैदीहरु बस्ने गर्छन् । जेलमा एक कैदीलाई लिभिङ रुम, किचनका साथै निजी बाथरुमको पनि सुविधा रहेको छ । जेलका कोठाहरु तथा सुविधाहरु कुनै ५ स्टार होटलको भन्दा कम छैन । जेल भ्रमणको गर्नेको मनका एउटा प्रश्न पक्कै पनि उठ्छ – यो जेल किन विलासी बनाइएको होला ?
 
अष्ट्रियाको उक्त जेल सानोतिनो अपराध गर्ने मानिसहरुका लागि बनाइएको हो । अदालतको फैसलाको कारण बाहिर बस्न नमिल्ने कैदीहरु यो जेलमा बस्न आउँछन् । जेलमा बस्दा उनीहरुको आचरणमा सुधार आउने विश्वासका साथ  जेल यति शानदार बनाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ