arrow

स्मार्ट विद्यालयका लागि सहयोग गर्ने मन्त्री बीनाको घोषणा

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
belauri_school.jpg

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन् ।
 
श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले उक्त रकम विद्यालयको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेकी हुन् ।

 उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न थप सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाएकी छिन् । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग जुटाउने उनले बताइन्

त्यसैगरी विद्यालयका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ति व्यवस्था मिलाउन समेत उनले रकम विनियोजन गर्ने प्रतिबद्धता जनाइन् ।
 
स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा मंसिर २७ गते बिहीबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । उक्त महोत्सव पुस ५ गते सम्म चल्ने जनाईएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ