arrow

चन्दा बोल अभियानबाट विद्यालयलाई करिब १० लाखको आर्थिक सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
ganjoti.jpeg

गुल्मी । गुल्मीको एक विद्यालयको लागि चन्दा बोल अभियानबाट आर्थिक सहयोग जुटेको छ । मुसिकोट नगरपालिका वडा नं. १ पौदीअरेवा स्थित रहेको जनज्योति माध्यमिक विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट धान र चामल बाहेक हालसम्म कुल ९ लाख,५० हजार बोल चन्दा रकम सहयोग भएको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए  ।

विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा आगामी फागुन १ देखि ९ गतेसम्म विद्यालयले हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक  आचार्यले जानकारी दिए  ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पुर्‍याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको गर्न लागिएको विद्यालयका प्रधानाध्यापक आचार्यले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ