arrow

कांग्रेस महाधिवेशनले तात्यो राजधानी

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
IMG_4276.jpg.jpeg
काठमाडौ। कांग्रेसका १३ औ महाधिवेशनको मिति नजिकिएसगै जिल्ला जिल्लाबाट प्रतिनिधिहरु राजधानी आइपुग्ने क्रम जारी रहेको छ । राजधानी छिरेका प्रतिनिधिहरु ब्यक्ति तथा संस्थाहरुले महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित कार्यक्रमहरुमा ब्यस्त हुन थालेका छन्। 
 
क्षेत्र तथा जिल्लबाट बिजयी भइ महाधिवेशनका लागि काठमाडौ आइपुगेका क्षेत्रीय तथा जिल्ला सभापतिहरुलाई स्वागत तथा बधाई कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना गरियो। सोही कार्यक्रममा आफ्नो उम्मेदवारीबारे नेताहरुले महाधिवेशन प्रतिनिधिहरु माँझ बताइरहेका थिए। 
 
पार्टीको शिर्षतहमा रहेका नुवाकोट कांग्रेसका नेताद्वय रामशरण महत र अर्जुननसिंह केसी महाधिवेशनमा सहकार्य गरेर जानुपर्छ भन्दै कार्यकर्ता माँझ सगै देखिएका थिए। कतिपय कार्यकर्ताले दुबैजना कांग्रेस नै हो र ? भनेर प्रश्न समेत गरेका थिए। उनीहरु पार्टीको कतिपय मुद्दामा फरक फरक देखिदै आएका थिए। बिगतमा उनीहरु एकअर्काका कटर आलोचक समेत भनेर पार्टीमा चिनिन्थे। महाधिवेशन यही २० देखि २३ गतेसम्म भृकृटीमण्पमा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ