arrow

टाइटानिकका हिरोले फिर्ता गरे ओस्कार अवार्ड

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
leonardo.jpg

काठमाडौं । हलिउडका चर्चित अभिनेता लियोनार्दो डिकाप्रियोले उपहारमा पाएको ओस्कार अवार्ड फिर्ता गरेका छन् ।  सो उपहार उनको लागि एक फरक किसिमको एकेडेमी अवार्ड थियो । जसलाई दिवंगत अभिनेता मर्लन ब्रेन्डोले फिल्म ‘अन द वाटर फ्रन्ट’का लागि जितेका थिए ।

समाचारमा बताइएअनुसार लियोनार्दोलाई यो अवार्ड एक मलेसियन फाइनान्सरले उपहारमा दिएका थिए । उनी लियोनार्दोको फिल्म ‘द वाल्फ अफ द स्ट्रिट’ का आर्थिक व्यवस्थापक थिए । उनीमाथि एक लगानी कोषमा अनियमितता गरेको आरोप छ ।

 अहिले त्यसको विषयमा जाँच चलिरहेको छ । उक्त अवार्ड ब्रेन्डोको घरबाट हराएको थियो । धेरै वर्षपछि त्यसलाई जो लो नाम गरेका उक्त व्यक्तिले लिलामीमार्फत् ६ लाख डलरमा खरिद गरेका थिए ।

लियोनार्दोले अहिले अदालतमा चलिरहेको मुद्दामा आधारित रहँदै उनका सबै उपहारहरु अधिकारीहरुलाई फिर्ता गरेका छन् । जसमा ओस्कारका साथै पाब्लो पिकासोको पेटिङ र अमेरिकी कलाकार जीन माइकलको कला पनि समावेश छ ।  ब्रेन्डोले पनि ओस्कार अवार्डलाई खासै महत्व भने दिएका थिएनन् । उनले दुईओटा ओस्कार जितेका थिए ।

 
डिकाप्रियोले ३ पटक वेस्ट एक्टर र एकपटक वेस्ट सर्पोटिङ एक्टरसहित ६ पटक मनोनयनमा परेर २०१६ मा पहिलोपटक 'द रेवनेन्ट' का लागि ओस्कार अवार्ड जितेका थिए । उनी पहिलोपटक मनोनयनमा पर्दा १९ वर्षका थिए । यद्यपि उनलाई उपाधि जित्न भने ४१ वर्षको उमेरसम्म कुर्नुपर्‍यो ।

यससँगै उनीसँग अब  चलचित्र 'द रेवनेन्ट'का लागि पाएको एउटा मात्र ओस्कार अवार्ड बाकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ