- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जर्मनीको वेस्टोनन शहरको सडकमा सोमवार राति चकलेटको खोला निक्लियो । शहरको ड्राइमास्टर चकलेट फ्याक्ट्रिको एक ट्याङ्कमा ओभरफ्लो भएका कारण नजिकै रहेको वेस्टस्ट्रेसे रोडमा तरल चकलेट बगेको हो ।
जुन एक नदी जस्तो देखिन्थ्यो । केहि समयपछि चिसोका कारण सडकमा एक टन तरल चकलेट जम्यो र कार्पेट जिस्तो देखियो ।
ड्राइमास्टरले विज्ञप्ती जारी गरि सो घटनाको सूचना दिएको छ । स्थानीय बरुण नियन्त्रक विभागका अनुसार सडकलाई दुई घण्टा बन्द गरिएर साफ गरिएको छ । सडक साफा गर्न कयौ मानिस र मेहनतको आवश्यक्ता परेको जनाइएको छ ।
घटनाका कारण ट्रेफिक डाभर्ट गर्नु परेको थियो । यो भन्दा पहिले पनि पोल्याण्डमा एक ट्याङ्कर पल्टदा १२ टन चकलेट एक हाईवेमा बगेको थियो ।