arrow

हुनेवाला दुलहीलाई 'मूर्ख' भन्दा २ महिनाको जेल

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
prisoner-jail.jpg

काठमाडौं । अबुधाबीमा एक युवकले आफ्नो हुने वाला दुलहीलाई जिस्कदै  वाटएप्समा ' मूर्ख'  भन्नु भारी परेको छ । सो म्यासेजको लागि उनलाई २० हजार दिराम अर्थदण्ड र दुई महिनाको जेल सजाय सुनाइएको छ ।

युएईको  खलिज टाइम्सका अनुसार युवले  वाटएप्स म्यासेजमा आफ्नो हुने बाला दुलहीलाई अरबी भाषामा 'हबला' (मूर्ख) लेखेर पठाएका थिए । जुन महिलालाई अपमानजनक लग्यो र निज व्यक्ति बिरुद्ध प्रहरीमा उजुरी दिइन्  ।

उजुरीपछि प्रहरीले युवकलाई पक्रिएको छ । उनलाई अदालत सामु पेश गरिएको छ । अदालतले उनलाई  २० हजार दिराम र दुई महिनाको जेल सजाय सुनाएको छ ।

वकील हसन-अल-रियामीका अनुसार युएईको  कानूनमा सामाजिक सञ्जालमा कुनै अपमानजनक कुरा राखे साइबर क्राइमको मुद्दा चलाइने गरिएको छ ।

वेलायतको पत्रिका 'द सन' का अनुसार यूएईमा यस बर्ष एक ब्रिटिश नागरिकले कार डिलरलाई रिसमा म्यासेज गर्दा गिरफ्तार हुनु परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ