arrow

दीपिकाप्रति मलाई गर्व छ : रणवीर

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
dipika-ranbir.jpg

काठमाडौं ।  बलिउड अभिनेता रणवीर सिंहलाई आफ्नो श्रीमति अभिनेत्री दीपिका पादुकोणप्रति गर्व रहेको बताएका छन् । भारतीय एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै रणवीरले यस्तो बताएका हुन् ।

उनले भने 'मलाई दीपिका पादुकोण माथि गर्व लाग्छ । उनि जुन काम गर्छिन् यसमा उनि १०० प्रतिशत लागि पर्छिन् । मलाई सम्झना छ २०१५ मा दीपिकाले बलिउडलाई पाँच ब्लकबस्टर चलचित्र दिएकी थिइन् ।'

 रणवीर यस हप्ताको अन्त्यमा  जी टेलिभिजनको 'सा रे गा मा पा' कार्यक्रममा अतिथि बनेर आउदैछन् । सो  एपिसोडको सुटिङको क्रममा रणवीर, ऐश्वर्या पंडित नामकी एक प्रतियोगीको प्रदर्शन देखेर चकित भए ।

 रणवीर र  दीपिकले हाले  इटालीको लेक कोमोमा कोकणी परम्परा अनुसार विवाह गरेका थिए । रणवीर-दीपिकाले २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्रान्ड रिसेप्सन दिएका थिए । उनिहरुले  रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट (उपहार) लिएर नआउन आग्रह गरेका थिए । तर गिफ्टको सट्टा ‘डोनेट’ गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने बताएका थिए ।  दीपिकाले ‘लिभ लभ लाफ’ फाउन्डेसन चलाउँछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ