arrow

जर्मनीका सडकमा चकलेटको खोला !

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
feuerwehr_werl.de_1.jpg

काठमाडौं ।  जर्मनीको वेस्टोनन शहरको सडकमा सोमवार राति चकलेटको खोला  निक्लियो ।  शहरको  ड्राइमास्टर चकलेट फ्याक्ट्रिको एक ट्याङ्कमा ओभरफ्लो भएका कारण नजिकै रहेको वेस्टस्ट्रेसे रोडमा तरल चकलेट बग्न थाल्यो ।

जुन एक नदी जस्तो देखिएको थियो । केहि समयपछि चिसोका कारण सडकमा एक टन तरल  चकलेट जम्यो र कार्पेट जिस्तो देखियो ।

 ड्राइमास्टरले विज्ञप्ती जारी गरि सो घटनाको सूचना दिएको छ । स्थानीय बरुण नियन्त्रक विभागका अनुसार सडकलाई दुई घण्टा बन्द गरिएर साफ गरिएको छ । सडक साफा गर्न कयौ मानिस र मेहनतको आवश्यक्ता परेको जनाइएको छ ।

 घटनाका कारण ट्रेफिक डाभर्ट गर्नु परेको थियो । यो भन्दा पहिले पनि पोल्याण्डमा एक ट्याङ्कर पल्टदा १२ टन चकलेट एक हाईवेमा बगेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ