arrow

इञ्जिनियर्स एशोसिएशनको सुदूरपश्चिममा पनि लोकतान्त्रिक समूहलाई बहुमत, नेकपालाई झड्का

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
sudurpachhim-engineers-association.jpg

काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसिएशनको सुदूरपश्चिममा पनि लोकतान्त्रिक समूहले बहुमत ल्याएको छ । शुक्रबार भएको निर्वाचनको परिणामअनुसार लोकतान्त्रिकले स्पष्ट बहुमतसहित नेतृत्व सम्हालेको हो ।

केन्द्रीय सदस्यमा जनकराज जोशी, सभापतिमा लवप्रसाद जोशी, उपसभापतिमा सन्तोष पाण्डेय, कोषाध्यक्षमा नविनराज जोशी र पाँच सदस्यहरु विजयी भएका हुन् । 

विजयी सदस्यहरुमा कुवेरबहादुर सिंह, अरुणप्रसाद रोस्यारा, राजु खड्का, दुर्गाप्रसाद ओझा र प्रेमप्रसाद भाट रहेका छन् । 

प्रगतिशीलले सचिव, सहसचिवसंगै पाँच सदस्य जितेको छ । सचिवमा रोशनप्रसाद भट्ट, कृष्णबहादर ऐर र सदस्यहरुमा कमल लेखक, सुरजकमाुर देव, दिपकराज भट्ट, टंकप्रसाद ढुंगाना र जयसिंह बोहरा रहेका छन् । 

सभापतिमा विजयी जोशीले १५९ का विरुद्ध २०० मत पाएका थिए । त्यस्तै केन्द्रीय सदस्यका विजेता जोशीले १४७ का विरुद्ध २०८ मत पाएका छन् । 

अन्य प्रदेशमा पनि नेपाली काँग्रेस निकटको लोकतान्त्रिकले बहुमत प्राप्त गर्दा केन्द्रमासमेत बलियो पकड बनाउने अनुमान गरिएको छ । 

यो परिणामले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई झड्का लागेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ