arrow

प्याराग्लाइडिङ दुर्घटनामा पर्ने सबैको उद्धार

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
paragliding1.jpg.jpeg
पोखरा। नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यहाँ सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा आज दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ।
 
प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा परेको र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक गोपाल चालिसेले बताउनुभयो।
 
रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए। अवतरण गर्ने क्रममा अकस्मात् चलेको हावाहुरीका कारण दुर्घटना हुन गएको प्रहरीले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ