arrow

रामेछापमा एकसय भन्दा वढी स्वास्थ्यकर्मी नहुँदा उपचार प्रभावित

logo
वद्री नयाँघरे,
प्रकाशित २०७२ फागुन १८ मंगलबार
Ramechhap-hamrakura.jpg.jpeg
रामेछाप। रामेछापका अधिकासं ग्रामिण भेगमा रहेका स्वास्थ्य चौकीहरुमा दरवन्दी अनुसारको स्वास्थ्य कर्मीहरु नहुँदा सेवाग्राहीहरुले स्वास्थ्य संस्थावाट सहजरुपमा उपचार सेवा पाउन नसकेको सेवाग्राहीहरुले बताएका छन्।
 
ग्रामिण भेगमा रहेको स्वास्थ्य चौकीहरुमा दरवन्दी खाली भएको पुरा एक वर्ष भइसक्दा पनि अहिलेसम्म खाली दरवन्दी परपूर्ति हुन नसक्दा सेवाग्राहीहरुले उपचार सेवा सहज रुपमा लिन नपाएका हुन्। जिल्लामा रहेका स्वास्थ्य कर्मीहरु पटक पटक सरुवा भएर अन्यत्र जिल्लामा हाजिर हुन गएका तर ती रिक्त रहेको स्थानमा स्वास्थ्य मन्त्रालयले समयमा कर्मचारीहरु सरुवा गरेर नपठाउँदा उपचारमा समस्या भएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.प्रकासप्रसाद शाहले जानकारी दिए।
 
उनले भने– रामेछापका दुर्गम भेगका विभिन्न २८ वटा उपस्वास्थ्य चौकीहमा स्तरबृद्धि हुँदा ६ महिना अघि स्वीकृत भएका दरवन्दी पनि अझै रिक्त रहदा समस्या भएको हो। अहिले जिल्लाभरमा १ सय १ दरवन्दी रिक्त रहेकाले तत्काल पदपुर्तीको लागि सम्वन्धित तालुके अड्डामा पत्राचार पटक पटक गर्दा समेत महिनौ हुँदासम्म पनि ती पदहरुमा पूर्ती नहुँदा जिल्लाभरका नागरीकहरुले स्वास्थ्य उपचार सहज रुपमा लिन नसकेको वताए। 
 
हाल रामेछापमा स्वास्थ्य कार्यालयको तथ्याकं अनुसार ल्याव असिष्टेन्ट २ जना, हेल्थअसिष्टेन्ट ३१ जना, स्टाफ नर्स १ जना, अनमी २९ जना र अहेब ३५ जना खाली रहेको छ। खाली रहेको दरवन्दी मध्ये केही पदहरुमा लोकसेवा आयोगमा माग फाराम भरी पठाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ