arrow

हिन्दू धर्मको २३ औं चार युग : भगवानको कति वर्ष, मानिसको कति वर्ष

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
hindu_4_yugh.jpg

काठमाडौं । सनातन धर्म प्राचीन धर्म हो । आदिकालबाट चल्दै आएको धर्म नै सनातन धर्म हो। संसारकै यो प्राचीन धर्ममा चार युगको एकदमै ठूलो महत्व रहेको छ। युग सभ्यताका आधारमा मानिसहरु युगलाई समयकालको मानकको रुपमा मान्दछन् । एक तिथि त्यो समय मात्रै हुन्छ जसमा सूर्य तथा चन्द्रकाबीच देशान्तरीय कोण १२ अंश बढ्न जान्छ । तिथिहरु जुनसुकै दिनबाट पनि सुरु हुनसक्छ । तिथीको अवधि २९ देखि २६ घण्टासम्म चल्छ । १५ तिथीको एक पक्ष मानिन्छ। शुक्ल तथा कृष्ण पक्ष मिलेर दुर्इ पक्षको एक महिना हुन्छ । फेरि दुर्इ महिनाको एक ऋतु हुन्छ । यसरी ३ ऋतुहरु मिलेर एक अयन बन्दछ । यसरी उत्तरायन र दक्षिणायन गरी दुर्इ अयन मिलेर एक वर्ष पूरा हुन्छ । 

१५ मानव दिवसको एक पितृ दिवस मानिन्छ । यही नै एक पक्ष हो। ३० पितृ दिवसको एक पितृ महिना हुन्छ । १२ पितृ महिनाको एक पितृ वर्ष हुन्छ । यानी पितृहरुको जीवनकाल १०० वर्षको मानिएको छ । यसरी मान्दा अहिलेसम्म १५०० मानववर्ष भइसकेको छ । यसरी पितृहरुको एक महिनाबाट केही दिन कम अर्थात् मानवको एक वर्षको देवताहरुको एक दिव्य दिवस हुन्छ । जसमा दुर्इ अयन हुन्छ । पहिलो उत्तरायण एवं दोस्रो दक्षिणायन। तीस दिव्य दिवसको एक दिव्य मास र १२ दिव्य मासको एक दिव्य वर्ष हुन्छ । 

(१) ४८०० दिव्य वर्ष अर्थात एक कृत युग (सतयुग)। मानव वर्षको मानबाट १७ लाख २८ हजार वर्ष।
(२) ३६०० दिव्य वर्ष अर्थात एक त्रेता युग। मानव वर्षको मानबाट १२ लाख ९६ हजार वर्ष।
(३) २४०० दिव्य वर्ष अर्थात एक द्वापर युग। मानव वर्षको मानबाट ८लाख ६४ हजार वर्ष।
(४) १२००  दिव्य वर्ष अर्थात एक कलि युग। मानव वर्षको मानबाट ४ लाख ३२ हजार वर्ष।
१२ हजार दिव्य वर्ष अर्थात ४ युग अर्थात् एक महायुग जसलार्इ दिव्य युग पनि भनिन्छ ।

सत्य युग : वर्तमान वराह कल्पमा भएको कृत या सत्यलार्इ ४८०० दिव्य वर्षको  मानिएको छ । ब्रह्माको एक दिवस १० हजार  भागमा बाँडिएको छ । जसलार्इ चरण भनिन्छ । 

त्रेता युग : त्रेतायुगलार्इ ३६ सय दिव्य वर्ष मानिएको छ । त्रेता युग मानवकालको द्वितीय युगको रुपमा मानिन्छ । यो काल रामको देहान्तसँगै समाप्त भएको थियो । 

द्वापर : द्वापर मानवकालको तृतीय युग हो । यो काल भगवान श्री कृष्णको देहान्तबाट समाप्त भएको थियो । 

कलियुग : १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथा युग हो। आर्यभट्टका अनुसार महाभारत युद्ध ३१३७ र्इशापूर्वमा भएको थियो । भगवान श्री कृष्णको यो युद्धको ३५ वर्ष पश्चात देहान्त भएको थियो । त्यही समयदेखि कलियुगको सुरुवात भएको हो । 

अहिले जुन युग चलिरहेको छ । यस्तो ४ युग पहिले पनि धेरै भइसकेको छ । अनुमानत: चार युगको यो २२ औं या २३ ‌‌औं चक्र हो भनिन्छ । उपरोक्त आँकडाहरुमा दोष हुनसक्छ । पुराणहरुमा युगको काल अवधिलार्इ लिएर अलग-अलग धारणा पार्इन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ