arrow

फेसबुक किन यति धेरै असुरक्षित ? ६८ लाखको निजी तस्वीर चोरी

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
facebook.jpeg

काठमाडौं । ६८ लाख फेसबुक प्रयोगकर्ताहरुको निजी तस्वीर चोरी भएको छ । फेसबुकले स्वीकृति दिएका विभिन्न १२ एप्लिकेसनहरुले  त्यतिधेरै प्रयोगकर्ताले साझा नगरेको तस्वीर समेत चोरी गरेको हो । 

यो चोरीको आरोप स्वीकार गर्दै फेसबुकले माफी समेत मागेको छ। फेसबुकको एक बगका कारण प्रयोगकर्ताहरुको यस्तो फोटो पनि आफैं फेसबुकमा पोस्ट हुन्थ्यो कि जुन कहिलै पोस्ट भएको थिएन। यो बगका कारण थर्ड पार्टी एप्लिकेसनका कारण १२ दिनमा ६८ लाख प्रयोगकर्ताको अकाउन्ट प्रभावित भएको फेसबुकले स्वीकारेको हो। फेसबुकको यो बगले करिब १५ सय एप्लिकेसनहरुलाई १२ दिनको लागि (२५ सेप्टेम्बरसम्म) प्रयोगकर्ताको निजी तस्वीरसम्म पुग्ने अधिकार दिएको थियो। 

फेसबुकले थर्ड पार्टी एपलाई उपभोक्ताहरुको फोटोसम्म पुर्‍याउने काम यहि सेप्टेम्बर १३ देखि सेप्टेम्बर २५ सम्म भएको हुनसक्ने जनाएको छ। फेसबुकले यसबारे भनेको छ कि 'हामीलाई खेद छ यस्तो काम भएकोमा।' इन्जिनियरिङ्ग डायरेक्टर टोमर बारले एक सन्देशमा डेवलपर्सको तर्फबाट भनेकि, 'जब कुनै प्रयोगकर्ताको फेसबुकमार्फत् आफ्नो साझा नगरिएको फोटोसम्म पुग्नको लागि कुनैपनि एपलाई अनुमति दिईन्छ भने हामीहरु अक्सर यस्ता एप्सहरुलाई मानिसहरुद्वारा उसको टाइमलाइनमा पोष्ट गरेको फोटोसम्म पुग्ने अनुमती मात्रै दिईन्छ।' उनले भने, 'यो केसमा बगले डेवलपर्सलाई कसैले सुरक्षित गरेर राखेको फोटोसम्म पुग्ने अनुमति दिएको थियो जसले मार्केट प्लेस या फेसबुक स्टोरीजमा आफ्नो फोटो साझा गरेका थिए।' 

सामाजिक सञ्जालका जानकारहरुले जुन प्रयोगकर्ताहरुको फोटो पछिल्लो पटक बगबाट प्रभावित भए उनीहरुलाई फेसबुकबाट नोटिफिकेसन आउने र त्यो लिंक सहितको नोटिफिकेसनमा क्लिक गरेपछि सीधै उसको म्यासेन्जर र आफ्नो टाइमलाईनमा मात्रै पोस्ट भएका फोटाहरु समेत देख्न सकेको बताए। यसरी भेटिएको फोटो गलत ठाउँमा प्रयोग हुनसक्ने आश‌ंका समेत गरिएको छ।

फेसबुकको यो मात्रै पहिलो कमजोरी भने होईन। पछिल्ला केही घटनाक्रमले फेसबुक दिन प्रतिदिन असुरक्षित बन्दै गरेको भेटिएको छ। यो साल फेसबुकको लागि सुरुवातदेखि नै धेरै समस्याहरु सिर्जना भईरहेका छन्। यसैबीच पछिल्ला दिनहरुमा फेसबुकका लगानीकर्ताहरुले जुकरवर्गको राजीनामा माग गर्दै आएका छन्।

न्यूयोर्क टाईम्सको एक रिपोर्टले जुकरवर्गका कारण पछिल्लो समय फेसबुकप्रति आम मानिसको लोकप्रियता घट्न थालेको उल्लेख गरेको छ। रिपोर्टमा लेखेको छ कि फेसबुक अहिले प्रयोगकर्ताहरुको आलोचनालाई दबाउन खोज्दा यसका प्रयोगकर्ताहरु फेसबुकप्रति आलोचक बन्दै यसको प्रतिस्पर्धी कम्पनी तिर जान लागेका छन्। यसमा जुकरवर्गको पनि महत्वपूर्ण भूमिका रहेको छ।

त्यस्तै, द टेलिग्राफको अर्को एक रिपोर्टले २०१६ को अमेरिकी चुनावमा रुसी प्रभाव र क्याम्ब्रिज एनालाईटिकाको मामलामा आफ्नो आलोचनालाई दबाउनको लागि फेसबुकले रिपब्लिकन पीआर कम्पनी डिफाइनर्स पब्लिक अफेयर्सको सहायता लिएको थियो। यस्तो खबरपछि फेसबुकमा ८५ लाख पाउण्ड बराबरको हिस्सा राख्नेवाला ट्रिलियम एसेट मैनेजमेन्टका सीनियर भाइस प्रेसिडेन्ट जोनास करनले जुकरबर्गलाई फेसबुकको अध्यक्ष पदबाट राजीनामा दिन माग गरिरहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ