arrow

आफैले बनाएका विज्ञान र कृषिका शैक्षिक सामग्री प्रदर्शन गरे विद्यार्थीले

logo
सीता डोटेल
प्रकाशित २०७५ मंसिर २९ शनिबार
student-exhibition.jpg

पाल्पा। ५० औं बर्ष पूरा गरेको अबसरमा भएको स्वर्ण महोत्सवमा रामतुलसी माध्यमिक विद्यालय रामपुरका विद्यार्थीहरुले कृषि तथा विज्ञानका सामग्री प्रदर्शन गरेका छन्। विद्यालयमा अध्ययनरत विज्ञान संकाय र कृषि बाली विज्ञानमा तथा कक्षा ९ र १० मा पढ्ने अन्य विद्यार्थीले निर्माण गरेका सामाग्री आफैले प्रदर्शन गरेका हुन्। बिद्यार्थीले कक्षामा लिएका सैद्धान्तिक ज्ञानको आधारमा आफैले तयार गरेका सामग्री प्रदर्शन गरेका हुन्। 

५० औं बसन्त पारको अवसरमा विद्यालयले मनाईरहेको स्वर्ण जयन्ती कार्यक्रमका अबसरमा विद्यार्थीहरुले सामग्री प्रदर्शन गरेको विज्ञान सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रमका संयोजक तथा शिक्षक कल्याण श्रेष्ठले बताए। विद्यार्थीले बिज्ञान तथा कृषि कक्षा पढाइ हुने विद्यालय परिसरमा स्टलहरु नै निर्माण गरि सामग्री प्रदर्शन गरेका हुन्।

उनीहरुले स्टलमा विद्युत उत्पादनको नमुना हाइड्रोपावर, क्रेन, स्मार्ट सिटी, चामल पिस्ने मिल, डोजर, अटो रिक्सा, जहाज, रोवोट, विद्युतिय उपकरण, विद्युतिय लिफ्ट, रकेट, विद्युतिय ढुङ्गा, माछापालन, सिंचाईको नमुना, कृतिम हात तथा थोपा सिंचाईको नमुना, एटियम, मोटर,  भ्याकुम किलिनर लगायतका सामग्री प्रदर्शन गरी त्यसका उपयोगका बारेमा जानकारी दिएका छन् । 

विद्यार्थीले विभिन्न ३५ थरिका सामाग्री प्रदर्शन गरेको संयोजक श्रेष्ठले जानकारी दिए । विद्यार्थीले बेला–बेलामा शैक्षिक सामग्री बनाउने गर्थे । अहिले आफै मिलेर झण्डै डेढ महिना लगाएर नेपालमै उत्कृष्ट सामाग्री उत्पादन र प्रदर्शन गर्दा स्कुलले गौरब अनुभुति गरेको बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले  बताए। मौका पाउने हो भने अहिलेका विद्यार्थीले नेपालमै प्रबिधि उत्पादन र संचालन गर्न सक्छन् भन्ने उदाहरण यहाँका विद्यार्थीले दिएको लम्सालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ