arrow

स्वस्थ भएर १०० वर्ष जिउनु छ ? गर्नुस् एउटै काम

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
helthy_life.jpg

काठमाडौं । 'ब्लू जोन्स' का लेखक डान ब्यूटनरले दुनियाँका ती पाँच क्षेत्रको अध्ययन गरेका थिए । जहाँका मानिसहरु लामो समयसम्म जिएर बसेका छन् । यो हो जापानको ओकिनावा, कोस्टारिकाको निकोया, ग्रीसको इकारिया, क्यालिफोर्नियाको लोमा लिण्डा तथा इटलीको सर्डिनिया । यहाँका मानिसहरुको लामो आयुको मूलत: ३ कारण छन् 'सामाजिक सुरक्षा तन्त्र, दैनिक कसरतको बानी तथा  शाकाहार । 

उनमा एक अर्को कुरा पनि समान देखिएको छ कि यी सबै समुदायका मानिसहरु बुढेसकालसम्म बागवानी गर्दछन् । ८० वर्ष, ९० वर्ष या त्यो भन्दा बुढो हुने समयसम्म पनि उनीहरु काममा नै व्यस्त देखिन्छन् । यससँगै एउटा प्रश्व उब्जिएको छ कि रुखको देखभाल गर्दा तपार्इँ पनि १०० वर्ष सम्म जिउन सकिन्छ ? 

यो कुरा मानिन्छ कि केही शारीरिक श्रमका साथ बाहिर घुम्ने(फिरनेहरु लामो समयसम्म जिउन सक्छन् । बागवानी लामो समयसम्म जिउनुको एउटा सबैभन्दा सजिलो तरिका हो । ब्यूटनर भन्छन्, 'यदि तपार्इँ बागवानी गर्नु हुन्छ भने तपार्इँ बुढेसकालसम्म पनि सजिलै श्रम गर्न सक्नु हुन्छ र नियमित रुपमा काम पनि गर्न सक्नुहुन्छ ।' ब्यूटनरका अनुसार यो कुराको प्रमाण पर्याप्तै पार्इन्छ कि बागवानी गर्ने मानिस लामो समयसम्म जिउँछन् र कम तनावमा रहन्छन् । 

धेरै प्रकारका अध्ययनहरुबाट यो कुरा पुष्टी भएका छन् कि वागवानी गर्नेहरु शारीरिक तथा मानसिक रुपमा दुरुस्त हुन्छन् । नेदरल्याण्डमा पछिल्लो समय भएको एक रिसर्चमा प्रतिभागीहरुले एक मुश्किल काम गर्न लगार्इएको थियो । फेरि उनको दो समूहमा बाँडिएको छ । 

एक समूहलार्इ ३० मिनटसम्म घरभित्र पढ्न लगार्इयो । त्यस्तै दोस्रो समूहलार्इ सोही समय वागवानी गर्नको लागि बाहिर पठार्इयो । यसरी ३० मिनेटमा नै पढ्न पठाईएको टोलीको र वागवानी गर्न गएकाहरुको अनुहारमा आकाश जमिनको फरक भेटिएको छ । वागवानी गर्न जाने मानिसमा कार्टिसोल हार्मोनको स्तर घट्यो । जसका कारण उनीहरुको अनुहारमा चकम बढेको हो । ६० वर्षका पुरुष तथा महिलामाथि अध्ययन गरिरहेका अस्ट्रेलियाका शोधकर्ताहरुले यो कुरा पाए कि नियमित रूपमा बागवानी गर्ने मानिसमा स्मरण शक्ति समेत ३६ प्रतिशत बढी हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ