arrow

इन्जिनियरको प्रदेश १ मा नेकपालाई पछि पार्दै कांग्रेस निकट विजयी

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
इन्जिनियर.jpg

विराटनगर। नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं १ कार्यसमितिमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समुहले बर्चश्ब कायम गर्न सफल भएको छ। नेकपा निकट प्रगतिशिल समुहका तर्फबाट सह सचिबमा एकजना मात्र बिजयी भएका छन् ।

कार्यसमितिको विर्तामोड, इटहरि र विराटनगरमा शनिबार  सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा यशवन्त विक्रम साहले ३ सय ३९ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी ढकेन्द्र बमले २ सय ५६ मत ल्याए।

यस्तै उपाध्यक्षमा लोचनराज न्यौपाने, सचिवमा विकास भटराई, प्रगतिशिल समुहका तर्फबाट सह सचिबमा हसरत अलि नेपाल, कोषाध्यक्षमा जयनाथ यादव र सदस्यहरुः अरुण यादव, ज्ञानेन्द्र सिंह, नितिन भगत, उमेश्वर मेहता, सुमन थापा, बासु ढकाल, रमेश माझी, प्रेम सागर बजगाई, विष्णु दाहाल, देवलाल यादब विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ