arrow

ट्वन्टी ट्वन्टी क्रिकेट कप: एपिएफ सेमिफाइनलमा

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
Cricket.jpg.jpeg
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ) क्यानोन क्रिकेट क्लबलाई पराजित गर्दै प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको क्वार्टर फाइनल खेलमा एपिएफले क्यानोनलाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानोन १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३७ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रेको एपिएफ खेलको ४.२ ओभरमा कुनै विकेट नगुमाउँदै क्यानोनले दिएको ३८ रनको झिनो लक्ष्यलाई पूरा गर्‍यो । 
 
एपिएफका सुवास खकुरेलले २३ रन र परेश लोहनीले ३ रन जोडे । त्यस्तै क्यानोनलाई कमै रनमा समेट्ने क्रममा एपिएफका शक्ति गौचन र वसन्त रेग्मीले समान तीन, अरिफ शेखले दुई तथा यज्ञमान कुमालले एक विकेट लिए । 
 
त्यसैगरी क्यानोनका मनोज यादवले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । प्रतियोगिताको उपाधि विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ