arrow

छोरा भेट्न पोर्चुगल गएकी भद्रिमायाको मृत्यु

logo
भरत प्रधान,
प्रकाशित २०७५ पुष १ आइतबार
Dead_Body.jpg.jpeg

लिस्बन। छोरा भेट्न पोर्चुगल आएकी एक नेपाली महिलाको पोर्चुगलमा दुखद् निधन भएको छ । गोरखाको गण्डकी गांउपालिका– १, मकैसिङकी ६९ बर्षीया भद्रीमाया थापाको निधन भएको हो ।

६ महिना अघि आफ्ना छोरा राम थापालाई भेट्न पोर्चुगल आएकी थापा केही दिन अगाडी एक्कासी मष्तिष्कघात भई अचेत भएकी थिइन् ।

मष्तिष्कघात भई अचेत भएकी थापाको उपचारका क्रममा बिहीबार राती अस्पतालमा निधन भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका महासचिव निराजन सुवेदीले जानकारी दिए ।

मृतक थापाको शव हाल सान्ता मारिया अस्पतालको शव गृहमा राखिएको महासचिव सुवेदीले बताए । उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताईएको छ । मृतक थापाको ६ छोरा र दुई छोरी रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ