- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले आजदेखि विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । दिवा खाजा विद्यालयमा रहेको बालविकास केन्द्र देखि कक्षा ५ सम्मका सम्पूर्ण छात्र-छात्राहरुले खान पाउने छन ।
दिवा खाजा कार्यक्रमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । आइतबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाहरुलाई खाजा वितरण गरी उद्घाटन गरेका हुन् । खाजा वितरण गर्दै नगरप्रमुख भुसालले विपन्न परिवारका बालबालिकाहरु यसबाट बढी लाभांवित हुने बताए । खाजा कति गुणस्तरयुक्त छ-छैन् भनी बेलाबेलामा विद्यालयबाट अनुगमन समेत गरीनुपर्ने बताए ।
नेपाल सरकारको कार्यक्रम अनुसार रेसुङ्गा नगरपालिका भित्र रहेका ३२ ओटा सामुदायिक विद्यालय तथा १० वटा समुदायमा आधारित बालविकास केन्द्रहरुमा यस अघि नै विद्यालयका प्रधानाध्यापकहरुसँगको बैठकमा पौष १ गतेदेखि लागु हुने गरी कक्षा १ – ५ का विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको थियो । प्रति विद्यार्थी रु १५ रुपैँयाका दरले दिवा खाजा खुवाईने बताईएको छ ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनी,रेसुङ्गा नगरपालिकाका शिक्षा प्रमुख उप–सचिव रामप्रसाद पाण्डेय लगायतको आतिथ्यता रहेको थियो । महेन्द्र नमुना माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणि पन्थीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर बहादुर थापाको स्वागत मन्तव्य रहेको थियो । भने विद्यालयका शिक्षक युवराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
महेन्द्र नमुना माध्यामिक विद्यालयले दिवा खाजा फरक–फरक बार अनुसार फरक–फरक खाजाका परिकार खुवाइने विद्यालयका प्रधानाध्यापक केशर बहादुर थापाले बताउनुभएको छ । जस अनुसार आइबार खीर र अचार, सोमबार चना र भुजा, मङ्गलबार समोसा र मटर, बुधबार हलुवा र अचार, बिहिबार खीर र अचार शुक्रबार हलुवा र अचार तथा शुक्रबार अण्डा खुवाईने थापाले जानकारी दिए ।