arrow

मोरङवाट काँग्रेस सभापति, महामन्त्री र केन्द्रिय सदस्यका १९ उमेदवार

logo
कुमोद अधिकारी।
प्रकाशित २०७२ फागुन १८ मंगलबार
13th-congress.png.png.png
विराटनगर। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा मोरंङ जिल्लावाट १९ जनाले केन्द्रिय सदस्यपद्धमा उमेदवारी दिने घोषणा गरेका छन्। यहि फागुन–२० गतेदेखी राजधानीमा शुरु हुने महाधिवेशनमा उहाहरुले उमेदवारी दिने घोषणागर्दै आफनो चुनावी प्रचारप्रसार शूरु गरेका हुन। 
 
वर्तमान केन्द्रिय सदस्यहरु महेश आचार्य, आमोद उपाध्याय, डा मिनेन्द्र रिजाल, गूरुराज घिमिरे, असोक कोइराला, डा डिला संग्रौला भुटनीदेवी खवास, कविता सरदार उमेदवारी दिने तयारीमा छन्।
 
यसैगरी अमृत अर्याल, वासु कोइराला, दामोदर कोइराला, हसन अन्सारी, भिमलाल गहतराज, लोकप्रसाद संग्रौला, हरीलाल सिंह, मृदुला कोइराला, रुकमणी कोइराला, इन्दु कार्की, निता आचार्य रहनु भएको छ।
 
अमृत अर्याल र वासु कोइरालाले १ नम्वर प्रदेशवाट तथा हसन अन्सारीले मुस्लिम कोटा तथा दलितवाट भिम गहतराजले उमेदवारी दिने जनाइएको छ।
 
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतीमा र डा शेखर कोइरालाले पार्टी महामन्त्री पद्धमा उमेदवार दिने जनाइएको छ। उमेदवारहरुले महसमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला सभापतीहरुसंग मत माग्दै  देश दौडाहा गरेर राजधानी पुगेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ