arrow

मिस युनिभर्समा मनिता देवकोटा शीर्ष १० मा, फिलिपिनीलाई उपाधि 

logo
प्रकाशित २०७५ पुष २ सोमबार
manita-devkota.jpg

काठमाडौँ । थाइल्याण्डको बैंककमा भएको मिस युनिभर्स २०१८ मा नेपालकी मनिता देवकोटा शीर्ष १० मा पर्न सफल भएकी छिन् । उनको यात्रा शीर्ष १० मै सकियो । देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

एसिया प्यासिफिक तथा अफ्रिका, अमेरिका र युरोपबाट उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी शीर्ष २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन् । 

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा शीर्ष १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।

नेपालबाहेक, फिलिपिन्स, दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिको शीर्ष १० मा समावेश थिए । 

उपाधि भने फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छिन् । २४ वर्षीया क्याट्रिओना मिस युनिभर्सको ताज जित्ने चौथो फिलिपिनो हुन् ।

Image result for miss universe 2018

तीन वर्षअघि पनि फिलिपिनो नै मिस युनिभर्स भएकी थिइन् । यसअघि सन् १९६९ र सन् १९७३ मा पनि फिलिपिनो मिस युनिभर्स भएकी थिइन् । 

फस्ट रनर अप दक्षिण अफ्रिका र सेकेन्ड रनर अप भेनेजुयला भयो । 

Image result for miss universe 2018

विश्वका सुन्दरीहरुको नजिक नजिक नेपाल पनि पुगेको छ । देवकोटाको यो अहिलेसम्मकै नेपाली सुन्दरीहरुको सबैभन्दा ठूलो फड्को हो । 

नेपालका सुन्दरी पनि ब्रेन विथ ब्यूटीमा अब्बल छन् भन्ने विश्वको ध्यान खिचिदै गएको छ । यसअघि विश्व सुन्दरी प्रतियोगितामा नेपालकी श्रृङ्खला खतिवडा शीर्ष १२ सम्म पुगेकी थिइन् ।

यसले नेपाल देशमात्र हैन त्यहाँका मानिस पनि सुन्दर छन् भन्ने देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ