काठमाडौं । वैशाख १२ को गोरखा भूकम्पपछि अझै पराकम्पन आउने क्रम रोकिएको छैन । मंगलबार साँझ सिन्धुपाल्चोकको बतासे र चौताराको बीचभागलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गएको वुधबार दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको बतासे आसपास केन्द्रविन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको पराकम्पन आएको थियो ।