arrow

आफ्नो जीवनसाथी माथि शंका छ ? यो एपबाट गर्नुहोस् जासुसी

logo
प्रकाशित २०७५ पुष २ सोमबार
spy.jpg

काठमाडौं । एप्पल तथा गुगलजस्ता प्रविधि कम्पनीहरु आफ्नो एप स्टोरमा जासुसी एपको बेचिरहेका छन् । यो एपको माध्यमबाट आफ्ना बालबालिकाहरुको म्यासेजमा निगरानी राख्न सकिन्छ । त्यसका साथै आफ्ना कर्मचारीहरुलाई ट्र्याक गर्न सकिन्छ ।

त्यसका साथै आफ्नो पार्टनरको विषयमा पनि यो एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ ।

यो एपको नाम ‘एमस्पाई’ हो । यसका लागि एक वर्ष प्रयोग गरेको करिब १५० पाउण्ड तिर्नुपर्ने हुन्छ । स्मार्टफोनका लागि यो प्रमुख निगरानी एप हो । यसको माध्यमबाट आफ्ना बच्चाहरुको ध्यान राख्न सकिन्छ ।

यसले प्रयोगकर्ताको म्यासेज, कल, जीपीएस लोकेसन, स्न्यापच्याट, ह्वाट्सएस र अन्य धेरै किसिमको जानकारी दिने गरेको छ । यदि कसैले दोस्रो स्मार्टफोनमा निगरानी गर्न चाहन्छ भने त्यसमा उसको स्वामित्व हुनु जरुरी हुन्छ । त्यसका लागि पहिला स्मार्टफोन बोक्ने मानिसको अनुमति लिनुपर्ने हुन्छ । यसको फिचर स्मार्टफोनको होम स्क्रिनमा लुकेको हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ