arrow

धन र मनबीचको द्वन्द्व ‘बिलगेट्स पण्डित’

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
mandala_theatre.jpg.jpeg
काठमाडौँ । संसारमा धनलाई महत्व दिने सामाजिक परिवेश र धन केही होइन भन्ने व्यक्तिबीचको द्वन्द्वलाई सुलक्षण भारतीद्वारा लिखित तथा निर्देशित नाटक ‘बिलगेट्स पण्डित’ले प्रस्तुत गर्न खोजेको छ । यही फागुन ७ गतेदेखि अनामनगरस्थित मण्डला थियटरमा मञ्चन भइरहेको उक्त नाटकमा पैसालाई महत्व नदिने व्यक्तिलाई समाजका अन्य मानिसले कसरी पागलसम्म बनाउन सक्छन् भन्ने देखाइएको छ । 
 
नाटकको मुख्य पात्र बिलगेट्स पण्डित धनी त बन्न चाहन्छ तर आफ्ना लागि नभई श्रीमतीका लागि तर अन्तिममा गरिबकै रुपमा उसको जीवन सकिन्छ । प्रेमिकालाई बिहे गर्न चाहन्छ तर उसको परिवारलाई चाहिने धन कमाउन ऊ असफल हुन्छ । कसैगरी दुई जनाको बिहे हुन्छ तर धनको अभावमा बिहेअघिको दुईको प्रेम रहँदैन । श्रीमती सधैँ श्रीमान्ले पैसा कमाओस्, अरूका श्रीमतीजस्तै श्रीमान्ले मायासँगै धन पनि देओस् भन्ने चाहन्छे तर श्रीमान्मा ती कुराको अभाव हुँदा उसले समेत छाडेर जान्छे । 
 
वियोगान्त उक्त नाटकमा पैसाकै कारण समाजमा वास्तविक प्रेमबाट समेत वञ्चित हुनुपर्ने समसामयिक अवस्थालाई चित्रण गरिएको छ । यही फागुन ३० गतेसम्म चल्ने उक्त नाटकमा मुख्य कलाकारका रुपमा विजय बरालले अभिनय गर्नुभएको छ । यसैगरी अन्य कलाकारमा सिर्जना अधिकारी, सोमनाथ खनाल, आर्जेश रेग्मी, केनिपा सिंह, कुशल पाण्डे र निशा कार्की हुनुहुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ