arrow

अनौठो प्रतियोगिता : १ वर्षसम्म मोबाइल नचलाए ७१ लाखको पुरस्कार

logo
प्रकाशित २०७५ पुष २ सोमबार
i-phone-disabled_(2).jpeg

काठमाडौं । पछिल्लो समय मानिसहरुको लागि मोबाइल केही समय बस्नु पनि निकै कठिन भइसकेको छ । केही मानिसहरु भने अत्यधिक मात्रामा नै मोबाइल चलाउने गर्छन् । केहीले मोबाइलको लतबाट पार पाउनका लागि धेरै प्रयास पनि गर्ने गर्छन् तर यो असम्भवप्रायः हुने गरेको छ । यस्तोमा एक अनौठो किसिमको योजना अघि सारिएको छ ।

कोकाकोलाको ब्राण्ड भिटामिनवाटरले यस्तो योनजा ल्याएको हो । यो योजनाअन्तर्गत १ वर्षसम्म मोबाइलबाट टाढा रहने मानिसका लागि १० हजार डलरको योजना अघि सारिएको हो ।

यो योजनामा भाग लिनका लागि मानिसले एक वर्षसम्म मोबाइल प्रयोग गर्न पाउँदैनन् । पुरस्कारको लागि लाई–डिटेक्टर टेस्टमा पास हुनुपर्ने हुन्छ । जसमा मोबाइल फोन प्रयोग गरेको वा नगरेको भन्ने कुरा थाहा पाउन सकिन्छ । यो प्रतियोगितामा भाग लिने मानिसलाई १९९६ को सेलुलर टेलिफोन प्रयोग गर्नका लागि दिइन्छ ।

यसमा भाग लिनका लागि समाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट ह्यासट्याग 'नो फोन फर क इयर' र कन्टेस्टको प्रयोग गरी निवेदन दिन सकिन्छ । साथै कम्पनीलाई स्मार्टफोन किन त्याग्न खोजेको र यसबाट बचेको समय के मा खर्च गर्ने भन्ने कुराको जानकारी पनि गराउनुपर्ने हुन्छ ।

कम्पनीका अनुसार आगामी जनवरी ८ भन्दा पहिला यसका लागि आवेदन दिनुपर्ने हुन्छ । छनोट भएका मानिसहरुलाई कम्पनीले सोझै सम्पर्क गर्नेछ । यसका लागि कम्पनीसँग एक सम्झौता गर्नुपर्ने हुन्छ । जसमा एक वर्षसम्म स्मार्टफोनको प्रयोग नगर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । यो अवधिमा मानिसहरुले ल्यापटप तथा डेस्कटपको प्रयोग भने गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ