arrow

थाहा पाइ राखौं ई–सिग्रेटबाट श्वासप्रश्वासमा हुन्छ गम्भीर समस्या

logo
प्रकाशित २०७५ पुष २ सोमबार
e-cigrate.jpg

काठमाडौं । अमेरिकाको ग्रामीण क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने १८ वर्षीया एक किशोरीले ई–सिग्रट परीक्षण गर्ने निर्णय गरिन् । हुनसक्छ, यस्तो प्रयोग सो रेष्टुरेन्टमा काम गर्ने अन्य कर्मचारीहरुले पनि गर्ने गरेका थिए । यद्यपि उक्त किशोरीलाई भने त्यसको ठुलो मूल्य चुकाउनुपर्यो । सार्वजनिक गरिएको विवरणअनुसार सो किशोरीको नाम गोपनीयताको कारण खुलाइएको भने छैन ।

ई–सिग्रेटमा हुने गरेको तातो तरल पदार्थ बाफको रुपमा परिणत हुने गरेको छ । जसलाई मानिसहरुले सामान्य चुरोटजस्तै एकपटक भित्र तानेर बाहिर फ्याँक्ने गर्छन् । उक्त तरल पदार्थलाई ई–जुस पनि भनिन्छि । यसमा विभिन्न फ्लेवरहरु मिसाइएको हुन्छ, जुन प्रोपाइलिन ग्लाकोल, ग्लिसिरिन र कहिलेकाँही निकोटिन पनि हुने गरेको छ । यद्यपि धेरैजसो प्रयोगकर्ताहरु यसले अन्तिम परिणामबारे भने सावधान हुँदैनन् ।

तीन सताअघि मात्र ई–सिग्रेट सुरु गरेकी युवतीमा त्यसको प्रभावले एक विभिन्न किसिमका लक्षणहरु देखा पर्न थाले जसको कारण उनी अस्पतालमा भर्ना भइन् । सुरुमा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्तो समस्या देखिएकी उनको अवस्था थप नाजुक बन्दै गयो र उनलाई छाती दुख्ने व्यथा पनि थपियो । अहिलेसम्म पनि उनको सो समस्या पूर्णरुपमा समाधान भने भएको छैन ।

सुरुमा उनलाई खोकी बढ्दै गएको थियो तर पछि यो क्रम लगातार बढ्दै गएपछि डाक्टरहरुले उनलाई आईसीयूमा भर्ना गरेका थिए । यद्यपि यसअघि पनि उनलाई फोक्सोको केही समस्या भने रहेको बताइएको छ । उनको रगतमा पर्याप्त मात्रामा अक्सिजन नपुगेको कारण यस किसिमको समस्या देखिएको डक्टरहरुले बताएका छन् । जसको कारण उनलाई फोक्सो पूर्णरुपमा ठीक नहुञ्जेलसम्मको लागि भने मेकानिकल भेन्डिलेटरको आवश्यकता पर्ने बताइएको छ ।

उक्त महिलालाई श्वासप्रश्वास गराउने मेसिन मात्र नभई फोक्सोमा जम्मा भएको लेदो निकाल्नका लागि दुई ट्युबहरु पनि आवश्यक रहेका छन् । डक्टरका अनुसार यो प्रक्रिया कहिलेकाँही फोक्सोमा भएको एलर्जीको कारण पनि हुनसक्छ । विशेषगरी त्यसकिसिमका एलर्जीहरु पनि ई–सिग्रेटमा प्रयोग गरिने हानिकारक रसायनहरुको कारण हुने गर्छ ।

डाक्टरहरुले भने उक्त युवतीले भोगेको समस्या एलर्जीक रियाक्सन पनि रहेको कारण खासै धेरै नदेखिएको समस्या रहेको तर पछिल्लो समय व्यापक मात्रामा बढ्दै गएको ई–सिग्रेटले भने मानिसहरुमा श्वासप्रश्वासको समस्या बढाइरहेको बताएका छन् । यस्ता सिग्रेटहरुको प्रयोगले मानिसहरुको श्वासप्रश्वासमा नकारात्मक किसिसमको प्रभाव पर्नसक्ने भएको कारण सकेसम्म यसको प्रयोग नगर्न उनीहरुले सुझाव दिएका छन् ।

पछिल्लो समय विद्युतीय सिग्रेटको प्रयोग बढ्दै गएको अवस्थामा यसबारे विभिन्न किसिमका नकारात्मक नतिजाहरु प्नि देखिइरहेका छन् । सन् २०१७ को एक विवरणले भने सिग्रेटको प्रयोगको मात्रा अत्यधिक रहेको देखाएको छ । सन् २०११ देखि २०१६ सम्मको अवधिमा हाइ स्कुल पढ्ने विद्यार्थीहरुमा यसको प्रयोग नौ गुणाले बढेको देखिएकोहो । सो अवधिमा अमेरिकामा मासिक हिसाबमा १७ लाख विद्यार्थीहरुले यसको प्रयोग गर्ने गरेको पाइएको हो । यो अवस्थामा उल्लेख्य कमी आउनु जरुरी रहेको डनक्टरहरुको भनाइ छ ।

नेपालमा पनि ई–सिग्रेट प्रयोग गर्ने मानिसहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । यस्तोमा धेरैजसो युवायुवतीहरु नै आकर्षित रहेका देखिन्छन् । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ