arrow

संसद सचिवालयले भन्यो : सूचना लिएको २ महिना पछि समाचार आयो 

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
samsad_sachibalaya.jpg

काठमाडौं । संसद् सचिवालयले सांसद्हरुको घरभाडाको विषयमा सूचना लिएको २ महिना पछि समाचार सार्वजनिक गरेको भन्दै यसले अद्यावधिक सूचना सार्वजनिक नभएको जनाएको छ । सचिवालयले मंगलबार विज्ञप्ती जारी गर्दै २ महिनामा सांसद्हरुले बुझाएको अद्यावधिक विवरण नछापि सञ्चार माध्यमहरुले ती सांसद्हरुको मान मर्दन गरेको आरोप समेत लगाएको छ। 

सचिवालयले कुन् कन् सांसद्ले यो समयमा विवरण अद्यावधिक गरे भन्नेबारे भने केही पनि लेखेको छैन । काठमाडौंमा नै घर भएका सांसद्हरुले समेत घरभाडा लिएको भन्ने विषयबारे सचिवालयले भनेको छ ‘सचिवालयबाट भुक्तानीका क्रममा भएको सानो त्रुटीलाई आधार मानी सम्प्रेषण गरिएको सो समाचारले जनप्रतिनिधिहरुको मान मर्दन भएको छ । 

सचिवालयले सञ्चारमाध्यममा लेखिएजस्तो तोकिएको रकम भन्दा बढी रकम भुक्तानी नहुने र भएको खण्डमा पनि त्यो स्वतः समायोजन हुने प्रक्रिया रहेको भन्दै सांसद्हरुको काठमाडौंमा घर भएको भन्ने विवरण आएलगत्तै उनीहरुको घरभाडा रकम कट्टि गरी अद्यावधिक गरिने प्रक्रिया रहेको समेत स्पष्ट पारेको छ ।  

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ