arrow

मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासँग जोड्नुपर्छ : नेता नेपाल

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
MAKUNE.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासँग जोड्नु पर्नेमा जोड दिएका छन् । कतार च्यारिटीले बिपन्न परिवारहरुलाई पसलको खोलिदिएर उनीहरुलाई चाबी हस्तान्तरण गर्ने अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन।

मुस्लिम समुदायलाई आधुनिक शिक्षासंग जोड्ने प्रयासलाई सफल बनाउने उदेश्यले आफुले रौतहट र महोत्तरीमा ४ जना बालबालिकालाई बिद्यालय भर्ना गरेको नेता नेपालले बताए । बंगलादेश लगायतका मुस्लिम देशहरुमा महिला प्रधानमन्त्री रहेको बताउदै नेता नेपालले मुस्लिम समुदायका महिलालाई पनि मूल धारको राजनीतिमा ल्याउनका लागि स्थानीय निर्वाचनमा ४० प्रतिशत महिलाको सहभागिता सुनिस्चित गरिएको बताए।

चाबी हस्तान्तरणको अवसरमा बोल्दै नेता नेपालले कतार च्यारिटीको बिपन्न परिवारलाई पसल खोल्न गरेको सहयोगले मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्न मद्दत पुर्याएको बताए।

कतार च्यारिटीले शहरी बिपन्न परिवारलाई लक्षित गरी काठमाडौं नैकापका गोपाल रोक्का, सतुंगलका भिमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका भोटे मियालाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो।

उनीहरुलाई उक्त रकम बराबरको किराना सामग्री वितरण गरिएको कतार च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए । अरब देशको सबै भन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए।

कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज्, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, परियोजना प्रबन्धक इर्शाद अलि शेख, मुस्लिम अधिकारकर्मी मो. मकसुद राँकी, विश्व शिक्षाका समिम अख्तर, लगायतको उपस्थिति थियो।

कतार च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ