arrow

बाहुबली स्टार प्रभासको ‘साहो’ को रिलिज डेट आयो, ९० प्रतिशत एक्सन वास्तविक 

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
saaho.jpg

काठमाडौैं । कुनै पनि नायकका लागि चर्चित हुन एक फिल्म नै काफी छ । साउथ इन्डियन स्टार प्रभासमा पनि यो नियम लागु हुन्छ । यसअघि थुप्रै फिल्म खेले पनि लाइमलाइटमा नदेखिएका प्रभासले जब ‘बाहुबली’ खेले तब उनी एकाएक विश्व बजारमै छाए । 

बाहुबलीको पहिलो भागपछि मानिसमा त्यो चलचित्रले प्रभासप्रति जरो गाड्यो । ‘कटप्पा नै बाहुबलीको क्यूँ मारा ?’ यो डाइलग यति चल्यो मानौं कि त्यसको उत्तर खोज्नकै लागिमात्र नजाने कति जनाले दोस्रो भाग हेर्नै कर लाग्यो । 

निकै तामझामले बनाइएको त्यो फिल्मकै लागि बाहुबली स्टार प्रभासले पाँच वर्षसम्म अरु कुनै पनि फिल्म खेलेनन् । त्यतिधेरै मेहनत गरे । मेहनतको फल पनि पाए । 

तिनै स्टार प्रभासको बाहुबलीपछिको फिल्म ‘साहो’ आउँदैछ । यसमा उनले धमाका पिट्ने अपेक्षा दर्शकको छ । उनका समर्थकको प्रतिक्षा उत्तिकै छ । 

त्यही साहोको रिलिज डेट घोषणा भएको छ । फिल्म समीक्षक तरण आदर्शले ट्वीटरमार्फत  ‘साहो’ अर्को वर्षको १५ अगस्टमा रिलिज हुने जानकारी दिएका छन् । यस फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर प्रभासको अपोजिटमा देखिएकी छिन् । 
 
यो फिल्मको ९० प्रतिशत एक्सन पूरै वास्तविक भएको बताइएको छ । फिल्मको छायांकनको क्रममा ३७ कार र ५ ट्रकबीच टक्कर भएको थियो । ती सबै दोस्रो पटकलाई काम नलाग्ने भएका थिए ।  

प्रभासले दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर फिल्ममा सबैकुरा वास्तविक गर्ने कोशिश गरेको उल्लेख गरेका छन् । 
 
गएको वर्ष उनको जन्मदिनमा मेकर्सले यस फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए र १ मिनेट २२ सेकेण्डको ‘शेड्स अफ साहो’ भिडियो शेयर गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ