arrow

शाहरुखको चलचित्र 'जीरो' को विवादित सिन हट्यो

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
zero.jpeg

काठमाडौं । बलिउड अभिनेता  शाहरुख खानको आगामि चलचित्र 'जीरो' का निर्माताले मुम्बई उच्च अदालतमा जवाफ पेश गरेका छन् । चलचित्रको तर्फबाट रेड चिलीजले किंग खानको एक सिनलाई लिएर मुम्बई हाई कोर्टमा जवाफ पेश गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रका निर्माताले शाहरुख खानको  पोस्टरमा 'कृपाण' लिएर नबसेको बताएका छन् । यस विवादका बिच फिल्मको सो विवादित  सिन परिवर्तन गरिएको छ जसमा विवाद भएको थियो ।

यसअघि चलचित्रका निर्माता र अभिनेता शाहरुख खानबिरुद्ध मुद्दा दायर भएको थियो  ।  चलचित्रको ट्रेलरमा सिख समुदायको भावनाहरू माथि आहात गरेको मुद्दामा दावी गरिएको थियो । वकील अमृतपाल सिंहका अनुसार  नोबेम्बरको सुरुमा सिख समुदायका खालसाले मुद्दा दायर गरेर अदालतमा चलचित्रको  निर्देशक र निर्मातालाई शाहरुखले ‘कृपाण’ भिरेको दृश्य हटाउन निर्देशन दिन माग गरेका थिए ।

मुद्दामा केन्द्रीय फिल्म प्रमाण बोर्ड (सीबीएफसी) सँग पनि चलचित्रलाई प्रमाणपत्र नदिन र यदि दिएको भए त्यसलाई रद्द गर्न अपील गरिएको थियो ।  मुद्दामा चलचित्रको ट्रेलरमा शाहरुख खान गन्जी र हाफपान्टसँग गलामा ५०० को नोटको माला लगाएर गलामा  ‘कृपाण’ लगाएको देखाइएको छ जुन 'कृपाण ‘रहमत मर्यादा’ अर्थात सिख धर्म अपनाएपछि मात्र लगाउन पाइन्छ' भनिएको थियो ।
 
चलचित्र निर्माताले सो दृश्य हटाएसँगै चलचित्रको विवाद सामय हुने भएको छ । उक्त सिनलाई भिजुएल इफ्केटसको प्रयोगले बदलिएको छ ।  चलचित्र २१ डिसेम्बरमा रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ