arrow

चलचित्र 'गोपी' को ट्रेलर सार्वजनिक

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
_J4A2262.jpg

काठमाडौं ।  चलचित्र गोपीको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । यसअघी चलचित्रको एक गीत र पोष्टर सार्वजनिक भइसकेको छ । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका प्रस्तुत छन् भने बाल कलाकार स्वर्णीम पौडेलले यही चलचित्र मार्फत डेब्यु गरेका छन् ।

ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरी चलचित्रको कथा घुमेको आंकलन चलचित्रको ट्रेलर हेरेर गर्न सकिन्छ ।

विपिन,सुरक्षा र बर्षाका साथ चलचित्रमा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।

 चलचित्रमा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् भने शिव परियार, धुर्व विस्को, एन्जिला रेग्मी लगायतको स्वर सुन्न सकिन्छ । चलचित्र माघ १८बाट प्रदर्शनमा आउँदै छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ