arrow

त्रिवेणीमा २ जना कुष्ठरोगी भेटिए

logo
रमित बि.क.,
प्रकाशित २०७५ पुष ५ बिहिबार
kusth-rog.jpg

बाजुरा । त्रिवेणी नगरपालिकामा २ जना कुष्ठरोगी भेटिएका छन् । नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको छाला रोग सम्बन्धी शिविरमा जाँचका लागि आएका मध्ये २ जनामा कुष्ट रोग देखिएको हो ।

शिविरमा जाँचका लागि आएका २ सय १६ जना मध्ये २ जनामा कुष्ट रोग देखिएको स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहले बताएका छन् । रोग देखिएका दुबै जनालाई उपचार कार्यपनि आजैबाटसुरु गरिएको छ ।

जाँच गरिएका मध्ये ३ जनालाई बिशेष जाँका लागि जिल्ला बाहिर रिफर गरिएको छ । कुष्टरोग निवारण गरिएपनि गाउँमा अझै विरामी देखिने गरेकोले त्रिवेणी नगरपालिकाले कैलाशमाडौं स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेको हो । कुष्ठरोगीको पहिचान तथा उपचार गर्न आयोजना गरिएको छाला रोग शिविरमा अपेक्षा भन्दा बढी विरामीले चेकजाँच गराएको आयोजकले बताएको छ । लुकेर बसेका र खुलेर आउन नमान्नेहरुका लागि लक्षित गरेर शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टर दुर्गाराज महर्जन, जनस्वास्थ्य फाँट प्रमुख अशोक कुमार सिंह र त्रिवेणी नगरपालिका स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहले चेकजाँच गरेका थिए । कुष्ट रोगको उपचार हाल प्रत्येक स्वास्थ्य संस्थामै हुने गरेको छ । शिविरमा महिला स्वास्थ्य सेविका सहीत स्थानीयले पनि साथ दिएको कैलाशमाडौं स्वास्थ्य चौकीका अनमी सावित्रा रोकायाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ