arrow

वर्थिङ सेन्टरमा सन्तान जन्माए ५ हजार पुरस्कार दिइने

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष ५ बिहिबार
birth-house.jpg

दार्चुला ।  दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिकाले वर्थिङ सेन्टरमा पहिलो सन्तान जन्माउने आमालाई ५ हजार रुपैया दिने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ धौलाकोटमा रहेको स्वास्थ्य चौकी वर्थिङ सेन्टर उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दिलीप सिह बुढाथोकीले पहिलो बच्चा स्वरुप ५ हजार रुपैया पुरस्कार दिने घोषणा गरेका छन् ।

बर्थिङ सेन्टरमा प्रसुती गराई सम्भावित खतराबाट जोगिन महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको व्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिँह बुढाथोकीले बताए । व्यास गाउँपालिकाको १० लाखमा गत वर्ष निर्माण सम्पन्न भएको वर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमका विच अध्यक्ष बुढाथोकीले रिवन काटेर उद्घाटन गरेको वडा सचिव पर्‍याग दत्त बडूले जानकारी दिए ।

भवनको उद्घाटन गरिए संगै सेवा समेत संचालनमा आएको छ । पहिलो दिनमै दुई तीन जना गर्भवती आमाहरुले बच्चाको अवस्था बारे जानकारी लिएका छन् । वर्थिङ सेन्टरमा आएर पहिलो बच्चा जन्माउने आमालाई गाउँपालिकाको तर्फबाट रु पाँच हजार पुरुस्कार दिने अध्यक्ष दिलिप सिह बुढाथोकीले घोषणा गरेका छन् । यस्तै दोस्रो बच्चा जन्माउने आमालाई रु ३ हजार र तेस्रो बच्चा जन्माउने आमालाई रु २ हजार पुरुस्कार दिने घोषणा गरेको सविच बडूले जानकारी दिए ।

यस्तै अध्यक्ष बुढाथोकीले वर्थिङ सेन्टरमा कार्यरत अनमी तथा नर्सहरुलाई समेत पुरुस्कार दिने घोषणा गर्नु भएको छ । वर्थिङ सेन्टरमा सफलताका साथ पहिलो बच्चालाई जन्माउनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रो बच्चा जन्माउने अनमी तथा नर्सलाई पुरुस्कार दिने उनले घोषणा गरेका थिए । यसैगरी महिला स्वयम सेविका र आमा समुहहरुलाई समेत पुरस्कार बताए ।

महिला स्वयम सेविकाले आफ्नो टोलबाट पहिलो गर्भवति आमालाई वर्थिङ सेन्टरमा ल्याएर बच्चा जन्माए रु १ हजार, दोस्रोलाई ७ सय र तेस्रोलाई ५ सय रुपैया दिने घोषणा गरेको उनले जानकारी दिए । आमा समुहहरुले पनि उक्त कार्य गरे महिला स्वयम सेविकालाई जस्तै पुरस्कृत गर्ने अध्यक्ष बुढाथोकीले सार्वजनिक रुपमा घोषणा गरेका छन् । दार्चुलाको विकट गाउपालिकामा यस्तो सेवा पाएकोमा आमाहरु खुसी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ