arrow

अब बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउनुपर्छ : मुख्यमन्त्री

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
shankar-pokhrel2.jpg

बुटवल । मुख्यमन्त्री पोखरेलले बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने ढंगले प्रदेश सरकारले तयारी गरिरहेको बताएका छन् । उनले प्राईमलोकेशन भएर पनि बुटवलमा ब्यवसायीक संरचना नभएको भन्दै उहांले बुटवलका घरहरु अव ब्यवसायीक कम्प्लेक्सकारुपमा बन्नु पर्नेमा जोड दिएका थिए ।

बुटवलमा बिहिबार देखि स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार, शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ शुरु भएको लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले अब राजधानी स्थानको भन्दा पनि अवस्थाको आधारमा बनाउनु पर्ने आवश्यकता रहेको औँल्याए ।

उनले सपना देखेपछिमा मात्र सफलता हात लाग्ने उल्लेख गर्दै बुटवलमा पनि घरघरमा हजारौँ केपी ओली जन्मनु पर्ने आवश्यकता रहेकोमा जोड दिए । प्रधानमन्त्री केपी ओलिको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताए ।

कार्यक्रममा बोल्दै आयोजक रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले मेला महोत्सवकै लागि अस्थायी संरचनाका कारण करोडौं खर्च भैरहेको भन्दै स्थायी संरचनाका लागि सबैले पहल गर्न माग गरे ।

बुटवलमा स्थायी प्रदर्शनी स्थल नभएका कारण हरेक वर्ष मेलाका लागि लाखौ खर्च हुने गरेको छ । कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न स्वरा, राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गरेकी थिईन् । मेला पुस १८ गते सम्म चल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ